न्यु बुद्ध प्रकाश स्कुलले विद्यार्थीलाई यातना दिएको खुलासा

  • झरना खबर
  • २०८१ फाल्गुण १४ गते ०९:२९ बजे प्रकाशित

काठमाण्डौं- केही समय अगाडि शिक्षा मन्त्रालयले विद्यार्थीमाथि यातना दिने विद्यालयलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिएकाे छ। याे सँगै गाेकर्णेश्वर नगरपालिकाकाे वडा नम्बर-५ नारायणटार स्थित न्यु बुद्ध प्रकाश सेकेन्डरी स्कुललाई कारबाही हुने बाटो खुलेकाे छ ।

उक्त विद्यालयले विद्यार्थीहरुलाई अमानवीय यातना दिएको घटना बाहिरिएको छ । गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर-५ नारायणटार स्थित न्यु बुद्ध प्रकाश सेकेन्डरी स्कुलका एक जना शिक्षकले (शिक्षककाे नाम सार्वजनिक हुने छ ) विद्यार्थीहरुलाई कुटपिट गरेका थिए । शिक्षकको कुटाइबाट पिडा भोगिरहेका विद्यार्थीहरुले आफ्ना साथीहरूलाई भनेपछि उक्त घटना बाहिरिएको थियो ।

शिक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीहरुलाई अमानवीय यातना दिने दोषी उपर हदैसम्मको कारवाहीका लागि पहल गर्ने जनाएको छ । विद्यालय सिकाइको थलो भएको र विद्यालयमा दिइने कुनै पनि किसिमको सजाय कानुनद्वारा वर्जित रहेको हुँदा त्यस्तो कार्य बालअधिकारको समेत गम्भीर उल्लङ्घन भएको ठहरिन्छ । विद्यालयमा शारीरिक तथा मानसिक सजायविहीन एवम् भयरहित बालमैत्री शिक्षणको परिकल्पना गरिएको हुन्छ ।

त्यसैले विद्यालयभित्र विद्यार्थीका उपर घटेका फौजदारी कसुर मानिने हिंसात्मक कार्यहरू जस्ता पक्षको गहिरो निगरानी राख्ने तथा दोषीको पहिचान गरी बालबालिकासम्बन्धी ऐन,२०७५ जस्ता कानुन बमोजिम कारवाही हुन्छ । (थप विवरण सहित आउने छाैं)

सम्बन्धित समाचारहरू

Comments