प्रथम हाई अल्टिच्युड महिला तथा पुरुष खुल्ला कराँते प्रतियोगिता सम्पन्न
- झरना खबर
- २०८१ फाल्गुण १३ गते ०६:४६ बजे प्रकाशित
.jpg)
दोलखा - प्रथम हाई अल्टिच्युड महिला तथा पुरुष खुल्ला फुलकन्ट्याक्ट क्योकुशिन सेईसिन कराँते प्रतियोगिता सम्पन्न भएको छ । नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघ दोलखाको आयोजना तथा दोलखा उधोग बाणिज्य संघको समन्वयमा दोलखा जिल्लाको कालिन्चोकमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा पुरुष खुल्ला तौल समूह तर्फ नेपाली सेनाका शिव बहादुर भुजेल प्रथम भएका छन् । त्यस्तै प्रतियोगितामा क्रमश सुलभ माझी द्वितीय भएका छन् भने नेपाली सेनाका खेलाडी द्वय अभय राउत र रविन्द्र लुहार तृतीय भएका छन् ।प्रतियोगिताको महिला खुल्ला तौल समूह अन्तर्गत नेपाली सेनाकी सपना ऐडी प्रथम भएकी छन् । त्यस्तै प्रतियोगितामा क्रमश सुस्मा तामाङ द्वितीय भएकी छन् भने नेपाली सेनाकै खेलाडी द्वय उषा रावल र मनिता राई तृतीय भएका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी भने ३ नम्बर प्रदेकी कृष्टी खड्का भएकी छन् ।
उक्त प्रतियोगितामा शिहान अशोक कुमार श्रेष्ठले काँता मध्यको सबभन्दा लामो ५४ स्टेपको शुशिहो काँता प्रदर्शन गरेका थिए । दोलखाको कालिन्चोक गाउँपालिकाका वडा सदस्य मैना तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त प्रतियोगिता कालिन्चोकको कुरीमा भएको थियो।उक्त प्रतियोगिताको मुख्य जुरीमा शिहान अशोक कुमार श्रेष्ठ, मुख्य निर्णायकमा बद्री थापा मगर, राजेश महतो तथा सहायक निर्णायकहरुमा राजेन्द्र थापा, छविलाल खडका, विशाल बल र सम्पूर्ण महर्जन रहेका थिए।
हालसम्म विश्वकै फुलकन्ट्याक्ट कराँतेको ईतिहासमा ३ हजार ४ सय मिटरको उचाईमा फुलकन्ट्याक्ट कराँते प्रतियोगिता आयोजना गरेको यो पहिलो प्रतियोगिता हो । प्रतियोगिताले अन्तराष्ट्रिय रेकर्ड बनाएको संघका केन्द्रीय अध्यक्ष तथा ब्रान्चचिफ शिहान अशोक कुमार श्रेष्ठले दावी गरेका छन् ।
अन्तिम अपडेट : २०८१ फाल्गुण १३ गते ०६:५० बजे
Comments