नेपाली पढाउँदै हिँड्ने मास्टर बा ! गाउँभरिका मास्टर

  • झरना खबर
  • २०८१ फाल्गुण १३ गते ०२:२१ बजे प्रकाशित

टि एन धमला (मुनामदन)

काठमाण्डौं - नेपाली भाषाका वारेमा जान्नुहुन्छ ? भनेर कार्की गाउँका स्थानीयलाई सोध्यो भने प्राय : एउटै जवाफ दिन्छन्, ‘हामीलाई के सोध्नुहुन्छ मास्टर बा ! लाई सोध्नुहोस्। उहाँलाई सबै थाहा छ।’ कार्की गाउँका यी ‘मास्टर बा’ गाउँभरिका केटाकेटीहरुलाई नेपाली पढाएर बसिरहेका हुन्छन् 'जाडोमा घाम ताप्दै र नेपाली भाषाको ज्ञान बाड्ँदै।'

हामिले उनलाई खोज्ने क्रममा भेटिएका मदन श्रेष्ठ भन्दै थिए, ‘ए ती मास्टर बा ! उनी त केटाकेटीलाई नेपाली पढाएर हिँडिरहेका हुन्छन्। मास्टर बा ! को दिनभरिको काम नै नेपाली पढाएर हिड्ने हो। उनलाई नेपाली भाषाको सबै कुरा थाहा छ।’ नभन्दै,मास्टर बा ! गाउँका केटाकेटीहरुलाई नेपाली पढाउँदै गरेको भेटिए। मास्टर बा ! अर्थात् कुल प्रसाद सिंखडा।

अब बास्तविकता बुझौं है :

एउटा भनाइ छ, इच्छा जोस र जागर भए के हुन्न ? हरेक क्षण सम्झन योग्य हुनसक्छ यदि कसैसँग जोस, जागर र साहस छ भने , धादिङ जिल्लाको त्रीपुरासुन्दरी गाउँपालिका वडा नम्बर-४ स्थित कार्की गाउँका कुल प्रसाद सिंखडा यतिबेला जोस र जागरका साथ शिक्षाको सन्देश बोकेर गाउँगाउँ डुल्छन् । शिक्षक बन्न कुनै औपचारिक तह उत्रीर्ण गर्नुपर्छ भन्ने छैन । कुल प्रसादको शिक्षा सामान्य औपचारीक मात्रै हो, तर हिजो आजको दिनचर्या भने उनको औपचारिक शिक्षा लिएकाको भन्दा फरक छैन ।

उनी बिहान चाडै उठेर सबैभन्दा पहिले मर्नीङवाक जान्छन, करिब १ घण्टको  मर्नीङवाक सकेर घर फर्कछन् ,त्यसपछि सुरु हुन्छ कुल प्रसादको लामो दैनिकी । उनको काम गर्ने तरिका पनि फरक छ । बिहान १ घण्टा घरको काम गरेर गाउँतिर लाग्छन् । उनको गाउँ जानुको एउटै उदेश्य हो,गाउँका बालबालिकालाई नेपाली पढाउने र नेपाली भाषामा जान्ने बनाउने ।

कुल प्रसाद १० बजे देखि १ बजे सम्म गाउँमा रहेको कन्चना देवि सामुदायिक इङ्लिस स्कुलमा स्वयमसेवकका रुपमा नेपाली पढाउँछन् । उनको यो बाध्यता होइन रहर हो । दिउँसो १ बजेपछि घर फर्केर काम सघाउँछन् । घरको काम सकेर साँझ ४ बजे देखि ६ बजे सम्म आफ्नै घरमा विभिन्न समुदायका असाहय बालबालिकाहरुलाई नि:शुल्क पढाउँछन् ।

आजभोलि उनलाई गाउँभरिका बालबालिकाहरुले मास्टर बा ! भनेर बोलाउने गरेका छन् । कुल प्रसाद सिंखडा सामान्य परिवारमा जन्मिएका व्यक्ति हुन् । यतिबेला उनको जिन्दगी स्वयमसेवक बाट उठेर मास्टर बा ! सम्म पुगेको छ । उनलाई गाउँमा मास्टर बा ! भनेर बोलाउँछन् । सामान्य परिवारमा जन्मिएका कुल प्रसाद सिंखडाले गाउँमा केटाकेटीहरुलाई नेपाली पढाउँदै हिड्ने गरेकाले  ‘मास्टर बा’ को उपनाम पाएका छन् ।

सम्बन्धित समाचारहरू

Comments