ललितपुर पानी उधोग संघकाे प्रथम साधारण सभा सम्पन्न,बरालकाे नेतृत्वमा ७ सदस्यीय समिति गठन
- झरना खबर
- २०८१ फाल्गुण ९ गते ११:०४ बजे प्रकाशित

गोदावरी- ललितपुर पानी उधोग संघको प्रथम साधारण सभा सम्पन्न भएको छ। शुक्रबार ललितपुरको गोदावरी स्थित बाल्कोनी क्याफेमा संघको साधारणसभा सम्पन्न भएको हो। संघको शुक्रबार सम्पन्न प्रथम साधारणसभाले राम प्रसाद बरालको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कार्यसमिति समेत सर्वसम्मत चयन गरेको छ ।
साधारणसभाको कार्यक्रम प्रथम र दोस्रो सत्रबाट भएको थियो । राष्ट्रिय गानबाट सुरू भएको प्रथम सत्रको उक्त साधारणसभाका प्रमुख अतिथि नेपाल पानी उद्योग महासंघका तदर्थ समितिका अध्यक्ष बिक्रम लिम्बु चेमजोङ रहेका थिए । उनले साधारणसभालाई सम्बोधन गर्दै हाल देश भरिका पानी तथा पानी जन्य बस्तु उत्पादक उधोगीहरूले प्रविधि र प्राविधिकको कमी तथा सामान्य त्रुटिका कारण भोग्नुपरीरहेको फौजदारी अभियोगको समस्या समाधानको विषय आफ्नो प्रथम एजेन्डा रहेको बताएका छन्।
त्यस्तै उधोगको स्तरउन्नती, मर्जर , उत्पादनको विविधिकरण, नेपालको पानी जनताको लगानी र अन्तर्राष्ट्रिय बजारमा पानी निर्यातको ढोका खोल्ने प्रतिबद्धता जनाएका छन्। त्यसैगरी कार्यक्रममा बोल्दै महासंघ तदर्थ समितिका बरिस्ठ उपाध्यक्ष भरत बूढाथोकीले राज्यको वर्तमान संरचना अनुसार वैज्ञानिक ढङ्गले रूपान्तरीत संरचना बमोजिम ऐन, नियम, निति, निर्देशन र निर्देशिका बमोजिम पानीको उत्पादन हुने बताएका छन्।
उनले पानीको बिक्री बितरण गर्न, निति निर्माण तहमा पानी उधोगीको प्रतिनिधित्व सुनिश्चित गर्न, हालसम्मका आन्दोलनका उपलब्धिको कार्यान्वयनमा देखिएको अपर्याप्ततालाई पूर्णता दिने बताए । त्यस्तै सरकारबाट प्राप्त हुने सेवा सुविधा सहज रूपमा उधोगीहरूले प्राप्त गर्ने वातावरण सिर्जना गर्न पनी महासंघको आवश्यकता रहेको बताए। उनले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट पाउने सुविधाबाट आम पानी उधोगीलाई लाभान्वित गराउन पहल गर्ने समेत जानकारी गराएका छन्।
कार्यक्रमको दोस्रो सत्रबाट उधोगी राम प्रसाद बरालको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ। कार्यसमितिको सचिवमा महेश्वर थापा , कोषाध्यक्षमा सन्तोष कुमार न्यौपाने चयन भएका छन् । त्यस्तै समितिका सदस्यहरूमा प्रभात बिक्रम राणा, बाल कुमारी श्रेष्ठ र हरि रम्तेल रहेका छन्।
साधारणसभाले डाँफे बहुउद्देश्यीय सहकारी संस्थाका एक जना प्रतिनिधिलाई समेत सदस्यमा सर्बसम्मत चयन गरेको छ।
साधारणसभाले प्रशोधित पानी व्यवसायीका समस्या समाधान गर्दै व्यवसायीबीच भातृत्वको विकास गर्ने उद्देश्यका साथ संघ क्रियाशील रहने गरि अगाडि बढ्ने निर्णय गरेको छ । पानी उत्पादन र बिक्री गर्ने उद्योगीमा व्यवसायिक एकता हुनु अहिलेको प्रमुख आवश्यकत हो। संघका नवनिर्वाचित अध्यक्ष बरालले उपभोक्ताप्रति जवाफदेही भएर उद्योगीका समस्या समाधानमा आफू प्रतिबद्ध रहेने बताएका छन्।
अन्तिम अपडेट : २०८१ फाल्गुण १० गते ००:०१ बजे
Comments