संसदका ६ वटा समितिको बैठक बस्दै

  • झरना खबर
  • २०८१ फाल्गुण १ गते २३:३४ बजे प्रकाशित

काठमाडौं- संघीय संसदका ६ वटा समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार ती सबै बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् ।

जसअनुसार अर्थ समितिको बैठकमा भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता प्रतिनिधिसभाका सदस्यहरुसँग छलफल हुनेछ । जुन बैठक बिहान ११ बजेबाट सुरू हुनेछ ।

उता, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजेवाट सुरू हुनेछ । जुन बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि दफावार छलफल हुने जनाइएको छ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भने स्वर्गद्वारी गुठी किसानहरुका समस्या बारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र गुठी संस्थानसँग छलफल हुनेछ, जुन बैठक बिहान ११ः३० बजेवाट सुरू हुनेछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल हुनेछ, जुन बैठक बिहान ११ बजे बोलाइएको छ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक भने अपरान्ह १२ः३० बजेवाट सुरू हुनेछ । नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशिल राष्ट्रमा स्तरोन्नति हुनेसम्बन्धमा अध्ययन प्रतिवेदन,२०८१ उपसमितिबाट समितिसमक्ष पेस गरिने छ र छलफल हुनेछ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्याहरुको समाधानको सम्बन्धमा प्राप्त सुझावहरुमाथि छलफल गरिने भएको छ । जुन बैठक बिहान ११ बजे बोलाइएको छ ।

सम्बन्धित समाचारहरू

Comments