शहरी स्वास्थ्य केन्द्र जोरपाटीमा स्वास्थ्य स्क्रिनिङ कार्यक्रम शुभारम्भ

जोरपाटी - गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर-५ स्थित जोरपाटीमा  मुख्यमन्त्री जनता स्वास्थ्य स्क्रिनिङ कार्यक्रम अन्र्तगत सुगर, ब्लड प्रेसर, यूरिन जाँच कार्यक्रम  शुभारम्भ भएको छ ।

शुक्रवार नगर प्रवक्ता एवम् वडा नम्बर-५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीले स्वास्थ्य सामग्री हस्तान्तरण गरि शहरी स्वास्थ्य केन्द्र जोरपाटीमा स्वास्थ्य स्क्रिनिङ कार्यक्रमको शुभारम्भ गरेका छन् ।

स्वास्थ्य स्क्रिनिङ कार्यक्रम शनिवार पनि वडा कार्यालय शहरी स्वास्थ्य केन्द्र जोरपाटीमा सञ्चालन हुनेछ । कार्यक्रमको आज वडा सदस्य लक्ष्मी पुडासैनी लगायतले निरिक्षण गर्नु भएको थियो । शुक्रवार ४५ जनाको स्वास्थ्य स्क्रिनिङ भएको छ ।

मुख्यमन्त्री जनता स्वास्थ्य स्क्रिनिङ कार्यक्रम गोकर्णेश्वर नगरपालिकामा वडा नम्बर-५ स्थित शहरी स्वास्थ्य केन्द्र जोरपाटी र वडा नम्बर-३ स्थित बालुवा स्वास्थ्य केन्द्र गरेर दुई स्थानमा मात्र सञ्चालन हुनेछ ।

सुगर, ब्लड प्रेसर, यूरिन जाँच हुने मुख्यमन्त्री जनता स्वास्थ्य स्क्रिनिङ कार्यक्रम हरेक महिना सञ्चालन हुने नगर प्रवक्ता नारायण बहादुर सुवेदीले जानकारी दिएका छन् । कार्यक्रम बिहान ९ बजे देखि ११ बजेसम्म हुनेछ । स्वास्थ्य स्क्रिनिङ पछि आवश्यकता अनुसार आयुर्वेद अस्पतालबाट औषधि लगायतका सेवा लिन सकिने छ ।

सम्बन्धित समाचारहरू

Comments