कुमारी केटीसँग सेक्स गरे एड्स निको हुन्छ ? यौन सम्बन्धी रोचक तथ्य
- झरना खबर
- २०८१ माघ २४ गते ०५:२४ बजे प्रकाशित

काठमाण्डौं - यौन (Sex) भनेको जीवात्मा प्राणी मात्रको प्राकृतिक प्रवृत्ति हो। यौन मानव जीवनको अभिन्न अङ्ग हो। त्यसैले यौनेच्छा हुनु, यौनका कुरा सुन्दा उत्तेजित हुनु एकदम स्वाभाविक हो। मानव जीवनका लागि भोक, प्यास र निद्रा जस्तै प्रकृतिले दिएको यौन पनि आवश्यक कुरा हो । सामान्यतया, यौनसम्पर्क राख्ने वा यौन तनाव शान्त पार्ने ईच्छालाई नै यौनेच्छा भन्न सकिन्छ।
परिभाषामा केही फरक भए पनि यौनेच्छा वा यौन व्यग्रता एउटा मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग सम्बन्धित स्वाभाविक शक्ति हो। यो प्राकृतिक शक्ति वा व्यग्रताले निश्चित कार्यका लागि अभिप्रेरित गर्दछ ।
यसलाई हाम्रो मस्तिष्कले सञ्चालन गर्छ। मोटामोटीरूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणाली सक्रिय देखिन्छन्। एक त इन्डोक्राइन सिस्टम अन्तर्गतका रागरस वा हर्मोनहरूले त्यसको सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्दि्रय प्रणालीका अनि मस्तिष्कले।
वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने यौन उत्तेजनालाई स्नायु प्रणाली तथा यौनअङ्ग संलग्न एउटा जटिल प्रक्रियाको क्रियाशीलता हो भनेर परिभाषित गर्न सकिन्छ।
यौन चाहना स्वाभाविक कुरा भएकाले यसलाई दबाउनु आवश्यक छैन। यौनेच्छा शान्त पार्ने उपायहरूमध्ये सबैजसोका लागि यौन अङ्गको घर्षण नै प्रमुख हो।
यौनसम्पर्क गर्दा यौन अङ्गहरू एक-आपसमा घर्षण गराइन्छ भने हस्तमैथुन गर्दा हातले वा अन्य तरिकाबाट आफ्नो यौन अङ्गको घर्षण गराएर वा दबाब दिएर पनि यौन आनन्द तथा यौन चरमसुख प्राप्त गरिन्छ। यस बिषयमा अध्ययन गरेका विभिन्न एजेन्सीहरुको अध्ययन गरी यौनबारे केही तथ्य प्रस्तुत गरिएको छ ।
कति समय हुन्छ चरम सुख ?
यौन सम्बन्धको बेला समयले निकै महत्व राख्दछ । धेरै पुरुष आफू यौन सम्पर्क राख्दा निकै कम समय टिकेको र छोटो समयमा नै स्खलन भएको भनी हीनता बोध गर्दछन । र तिनका पार्टनरको गुनासो हुन्छ, मलाई मज्जा नै नआई उसलाई पुग्यो । विभिन्न सञ्चार माध्यममा राखिएका यौन सम्बन्धी कार्यक्रममा पनि यस्ता गुनासो आइरहेको पाइन्छ ।
तर, एक सर्वेक्षणका अनुसार अधिकांश मानिसको यौन समय करीब बराबर नै रहन्छ । अर्थात् अधिकांश जोडीहरु यौन सम्बन्धमा १२ मिनेटसम्म टिक्छन । एक कम्पनीले गरेको सर्वेक्षणमा ४ सय ३२ जोडी संलग्न थिए, जसले २ हजारभन्दा बढी समय यौन सम्पर्क राखेका थिए । उनीहरुसँग यौन जीवनको बारेमा प्रश्न गर्दा एक अचम्मको तथ्य फेला परेको थियो ।
विश्वभरमा दैनिक १० करोड मानिसले यौनसम्पर्क गर्छन् । कण्डम निर्माता कम्पनी डुरेक्सका अनुसार मानिसहरू औशत दैनिक ०.२८, हप्तामा १.९८ र वर्षमा १०३ पटक यौनसम्पर्क गर्छन् ।
गेडागुडी, फर्सीका बियाँ, केरा, स्ट्रबेरी, खरबुजा, आँप, एभोकाडो, खुर्सानी, मरिच, स्याम्पेन, चकलेटजस्ता खाद्य पदार्थले यौनक्षमता बढाउँछ ।
यौनसम्पर्क गर्न अमेरिकी र ग्रीक नगरिकहरू सबैभन्दा अगाडि देखिएका छन् । अमेरिकीले एक वर्षमा १२४ पटक र ग्रीकले एक वर्षमा ११७ पटक यौनसम्पर्क गर्छन् ।
भारतीयले ७६ पटक र जापानीले ३६ पटक यौनसम्पर्क गर्ने अध्ययनले देखाएको छ । अध्ययनले एक वर्षमा पुरुष सपना देखेर नौ पटक उत्तेजित हुने देखाएको छ ।
प्राचीन संस्कृत पुस्तक ‘कामसूत्र’मा विभिन्न ८४ सेक्स आसन उल्लेख गरिएको छ । यसलाई भारतको खजुराहो र कोर्नाक मन्दिरमा चित्रित गरिएको पाइन्छ । केही अफ्रिकी देशहरुमा अहिले पनि कुमारी केटीसँग सेक्स गरे एड्स निको हुन्छ भन्ने अन्धविश्वास रहेको छ ।
अन्तिम अपडेट : २०८१ माघ २४ गते ०५:२४ बजे
Comments