आज गोकर्णेश्वरका वडामा कहाँ-कहाँ लगाइदैछ HPV खोप ?

काठमाडौं । नेपाल सरकारको देशव्यापी खोज अभियान अन्तर्गत आजबाट शुरु भएको आजबाट एच.पी.भी. खोप गोकर्णेश्वर नगरपालिकाका विभिन्न विद्यालयमा लगाइदैछ ।

सरकारले आजदेखि सुरु गरेको एच.पी.भी. खोप अभियान १५ दिन अर्थात् फागुन ६ गतेसम्म जारी रहनेछ ।

अभियानमा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप दिइनेछ । स्वास्थ्य सेवा विभाग अन्तर्गतका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार १८ हजार विद्यालय र ८ हजार स्वास्थ्य संस्थामा खोप केन्द्रको रूपमा तोकिएको छ ।

एचपीभी खोप भनेको के हो ?

एचपीभी खोप भनेको पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाउने खोप हो । यो क्यान्सर नेपाली महिलामा सबैभन्दा धेरै देखिएको छ । सबैभन्दा धेरै मृत्युको कारक पनि यही क्यान्सर हो । औसतमा दैनिक ६ जनामा यो क्यान्सर पत्ता लाग्ने गरेको छ । यही क्यान्सरका कारणले पनि दैनिक चार जनाको मृत्यु भइरहेको छ ।

आज गोकर्णेश्वरका वडामा कहाँ कहाँ एच.पी.भी. खोप लगाइदैछ ? हेर्नुहोस् । 

स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्यायका अनुसार आज माघ २२ गते मंगलवार गोकर्णेश्वर नगरपालिकाका १ देखि ९ वडाका निम्न विद्यालयहरुमा एच.पी.भी. खोप लगाइदैछ । खोप विहान १०ः३० देखि अपरान्ह ४ बजेसम्म लगाइनेछ ।

मिति : माघ २२ गते मंगलवार ।
वडा नं. १ – ईश्वरी मा.वी. ।
वडा नं. २ – भिमदेव मा.वि., पाखाथोक ।
वडा नं. ३ – सुन्ताखान मा.वि. ।
– तारेभिर मा.वि. ।
वडा नं. ४ – गोकर्ण मा.वि. ।
वडा नं. ५ – इष्टपोल मा.वि. ।
वडा नं. ६ – चामुण्डा मा.वि. ।
वडा नं. ७ – अल्माइटि स्कुल, अर्यालगाउँ ।
वडा नं ८ – चेल्सि वल्र्ड स्कुल ।
– लिबर्टी स्कुल ।
वडा नं. ९ – अरुणोदय मा.वि, आरुबारी ।

सम्बन्धित समाचारहरू

Comments