
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका विभिन्न विद्यालयमा एच.पी.भी. खोप लगाइएको छ । मंगलवार नगरपालिकाका ९ वडाका ११ विद्यालयमा १३ सय ७१ जना छात्राले एच.पी.भी. खोप लगाएका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्यायले जानकारी दिनु भयो ।
स्वास्थ्य शाखा प्रमुख उपाध्यायका अनुसार एच.पी.भी. खोप लगाए पछि आज कसैलाई कुनै पनि समस्या नदेखिएको जानकारी दिनु भयो । खोप विहान ११ देखिशुरु भएको थियो ।
पहिलो दिन गोकर्णेश्वरमा वडा नं. १ मा ईश्वरी मा.वी., वडा नं. २ मा भिमदेव मा.वि., पाखाथोक, वडा नं. ३ मा सुन्ताखान मा.वि. र तारेभिर मा.वि., वडा नं. ४ मा गोकर्ण मा.वि., वडा नं. ५ मा इष्टपोल मा.वि., वडा नं. ६ मा चामुण्डा मा.वि., वडा नं. ७ मा अल्माइटि स्कुल, अर्यालगाउँ, वडा नं ८ मा चेल्सि वल्र्ड स्कुल र लिबर्टी स्कुल र वडा नं. ९ मा अरुणोदय मा.वि, आरुबारीमा खोप लगाइएको थियो ।
गोकर्णेश्वर नगरपालिकामा एचपीभी खोपको शुभारम्भ चामुण्डा मा.वि. बाट भएको थियो । नगर प्रमुख दिपक रिसाल, उप-प्रमुख सान्नानी लामाले खोप हस्तान्तरण गरि नगरपालिकामा खोप अभियानको शुभारम्भ गरेका थिए । सो अवसरमा गोनपा ६ का वडा अध्यक्ष नवराज लामा, प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली लगायतको उपस्थिती रहेको थियो । चामुण्डा मा.वि.का कक्षा ६ देखि १० सम्मका २९६ जना छात्रालाई खोप लगाइएको छ ।
नेपाल सरकारले आजदेखि देशभर सुरु गरेको एचपीभी खोप अभियान अन्र्तगत देशभर कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप लगाइनेछ । स्वास्थ्य सेवा विभाग अन्तर्गतका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार देशभर १८ हजार विद्यालय र ८ हजार स्वास्थ्य संस्थामा खोप केन्द्र तोकिएको छ ।
अन्तिम अपडेट : २०८१ माघ २४ गते ००:५८ बजे
Comments