केही दिन अघिदेखि एउटा दृश्य लगातार देखिरहेछु

  • झरना खबर
  • २०८१ मङ्सिर २ गते ०१:२५ बजे प्रकाशित

-आनन्दराम पौडेल

काठमाण्डौं- राजनीतिक दलका झण्डा बोकेका व्यक्ति सर्वोच्च अदालतलगायत अदालतका न्यायाधीशको कुर्सीमा बस्दा दुर्भाग्यपूर्ण फैसला गरेको भन्दै सांसद आनन्दप्रसाद ढुङ्गानाले आक्रोश व्यक्त गरे।

सर्वोच्च अदालतको न्यायाधीशमा न्यायपरीषदबाट सिफारिशभएका नृपध्वज निरौलाको संसदीय सुनुवाइका क्रममा कात्तिक २३ गते शुक्रबार सांसद ढुङ्गानाले न्यायाधीशको कुर्सीमा बसेकाबाटै दलीय गन्ध आइरहेको बताएका हुन् ।

सांसद ढुङ्गानाले, "पञ्चायतकालमा पनि न्यायालयप्रति जनविश्वास रहेको" बताउँदै पछिल्लो समयमा यस्तै गतिविधिले अदालतप्रति विश्वास हराएको बताए। त्यसबेला हामीले के देखेका थियौंभने न्यायपालिकाप्रति जनविश्वास पूरा थियो। पञ्चायतकालमा पनि विपी कोइरालाका साथीहरू यज्ञबहादुर थापा, भीमनारायण श्रेष्ठलाई फासी दिँदैगर्दा, गोली हान्दैगर्दा उहाँ (विपी कोइराला) लाई बीबीसीले सोध्यो कि, "तपाईंका साथीहरूलाई त सरकारले हानिसक्यो तपाईं त्यै मुद्दामा हुनुहुन्छ र नेपाल फर्किँदै हुनुहुन्छ, तपाईंलाई पनि त्यो हुनसक्छ नि ?" भन्दाखेरि विपीले के भन्नुभयो भने, "हैन नेपालमा न्यायपालिका न्यायको मामलामा अत्यन्तै सम्बेदनशील छ र जिम्मेवार देखिएको छ। मलाई विश्वास छ - न्यायालयले न्याय दिन्छ। अहिलेसम्म नेपालको न्यायपालिकाले न्यायको गरिमा राखेको छ र न्यायपर्नेगरी फैसला गर्दैआएको छ। न्यायालयले जे गर्छ न्यायका रूपमा लिन्छु भनेर देश आउनुभयो।" "प्रतिबन्धित कालमा पनि मुद्दाहरू न्यायपूर्ण रूपमा पोैसला भएका छन्" ढुङ्गानाले भने ।"

श्री गगन थापाजीले हामीसँग भन्नुभयो - "प्रकाशमानसिंह राउतजी अहिले प्रधानन्यायाधीश पदमा विराजमान हुनुहुन्छ। उहाँ केही बर्ष अघिसम्म नेपाली काङ्ग्रेस पार्टीकै जिम्मेवार नेता हुनुहुन्थ्यो। कार्यकर्ताहरूसँग भेट्दा 'जयनेपाल" भन्नुहुन्थ्यो।" 

केही दिन अघिदेखि एउटा दृश्य लगातार देखिरहेछु। जहाँ जाँदापनि सबैले यही भिडियो हेरिरहेको देख्छु। हुँदाहुँदा यो भिडियो मलाई नै पठाउनथाले। एकदिन फुर्सद निकालेर हेरें।  हेर्नु के थियो, हेरिनसक्नु छ ! हेरिनसक्नु भन्दापनि सुनिनसक्नु छ ! 

यो भिडियोमा जे वर्णन गरिएको छ, त्यो सुन्नैनसक्ने छ ! यस्तो कुरो सुन्नुपर्ला भनेर कहिल्यै चिताएको थिएन ! सबै सुनिसक्दा पनि पत्याउनैनसकिने छ ! यतिका दिनदेखि जताततै सबैले यही हेरिरहेका छन्, सुनिरहेका छन् तर राष्ट्रका जिम्मेवारहरू कसैले पनि मतलब गरेको छैन; यो झन् भयङ्कर आश्चर्यको बिषय भएको छ ! खपिनसक्नु भएर यो भिडियो सरकारसमक्ष पठायौं। सरकारले यो भिडियो पक्कै हेर्योहोला तर मतलबैगरेन। यो भिडियोले हामीलाइ चिन्तित गरायो तर सरकार गम्भीर भएन।

(लेखक तथा स्तम्भकार पौडेल नेपाल सरकारका पूर्व प्रशासक हुनुहुन्छ)

सम्बन्धित समाचारहरू

Comments