कार्तिक २ गते देखि १९ गते सम्म काँडाघारी सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव हुने

  • झरना खबर
  • २०८१ आश्विन ९ गते ०७:०८ बजे प्रकाशित

काठमाण्डौं - काँडाघारी सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव २०८१ हुने भएको छ। शुक्रवार काठमाडौँमा एक पत्रकार सम्मेलन गर्दै महोत्सव व्यवस्थापन तथा आयोजक समितिले महोत्सव गर्न लागेको जानकारी दिएको हो।

महोत्सव आगामी कार्तिक २ गते देखि १९ गते सम्म काँडाघारी चौकी संगै रहेको सनसिटि अपाटमेन्ट पछाडी रहेको खुल्ला चौरमा गर्न लागेको आयोजकले बताएको छ।

आर्या मिडिया प्रा ली को आयोजना तथा संयुक्त नेपाल मेला महोत्सव ग्रुपको ब्यबस्थापनमा संचालन हुने उक्त महोत्सवमा औद्योगिक उत्पादनको प्रदर्शनी 
तथा कृषि, घरेलु हस्तकला तथा परम्परागत कला, संस्कृति, पर्यटन, व्यापार प्रवर्द्धन हुने अपेक्षा छ । 

महोत्सवमा ख्यातीप्राप्त कलाकारहरुको सांगीतिक प्रस्तुति,एसियाकै उत्कृस्ट बाल उद्यान,सांस्कृतिक व्यापार तथा पर्यटकीय प्रदर्शनीहरु हुने छन्।

स्थानीय स्तरमा रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वका स्थानहरूको राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाउँदै स्थानीय उत्पादनहरू लगायत राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका उत्पादनहरुको बजारीकरणमा विशेष टेवा पुर्‍याउने उद्देश्यले महोत्सवको आयोजना गरेको आयोजकले बताएको छ।

पत्रकार सम्मेलनमा महत्वको आयोजक टिम संगै चर्चित गायक डिजराज पौडेल, डेबिड शंकर, कर्णराज गिरि , गायिका सरु गौतम लगाएतको उपस्थिति रहेको थियो।

थुप्रै जिल्लामा सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको सफल आयोजना गरिसकेको उक्त संस्थाले काँडाघारी सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव पनि भब्य रुपमा सम्पन्न गर्ने लक्ष्यका साथ तयारी सुरु गरेको छ।

सम्बन्धित समाचारहरू

Comments