प्रचण्डलाई खगेन्द्र संग्रौलाको चेतावनी : अरिङ्गालको गोलोमा हात घुसार्दा नतिजा के हुन्छ ? परिणाम भोग्न तयार होऊ
- झरना खबर
- २०८१ जेष्ठ १० गते ०२:२७ बजे प्रकाशित

काठमाडौं - नागरिक समाजका अगुवा तथा राजनीतिक विष्लेषक खगेन्द्र संग्रौंलाले कान्तिपुर ग्रूपका मालिक कैलाश सिरोहियालाई पक्राउ गरेर सरकारले अरिंगालको गोलामा ढुंगा हालेको भन्दै यस्को मूल्य महंगो पर्ने चेतावनी दिएका छन् ।
‘ज्ञानशाही फौजी आतंकको शैलीमा गरिएको कैलाश सिरोहियाको गिरफ्तारी सामान्य अदालती प्रक्रिया हो, यसबारे बढ्ता हल्ला नगर भनी प्रम (प्रधानमन्त्री) पुकदा (पुष्पकमल दाहाल) ले लोकलाई दच्काउन खोजेछन्’, संग्रौलाले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अरिङ्गालको गोलोमा हात घुसार्दा नतिजा के हुन्छ, किम जोङ उनमुखी शाकहरूले अब देख्न, भोग्न र पाठ सिक्न पाउने नै छन्।’
अन्तिम अपडेट : २०८१ जेष्ठ १० गते ०२:२७ बजे
Comments