कोरोना भाइरस विरुद्धको खोप चाँडै नेपाल भित्रिने

काठमाण्डौं  : भारत सरकारले नेपाललाई सहयोगस्वरूप दिने प्रतिबद्धता गरेअनुसारको कोरोना भाइरस विरुद्धको खोप चाँडै नेपाल भित्रिने भएको छ । अन्य विदेशी मुलुकबाट खोप कहिले आउने भन्ने अन्योल चिर्दै छिमेकी मुलुकबाट सबैभन्दा पहिले खोप आउने सुनिश्चित भएको छ ।भारत सरकारले त्यसका लागि प्रक्रिया सुरु गरिसकेको भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले जानकारी दिएका छन्। “अबको केही दिनमा नै भारत सरकारका तर्फबाट नेपाललाई प्रदान गरिने खोपको घोषणा गरिँदैछ, त्यसपछि पहिलो चरणको खोप नेपाललाई पठाउनेछ”, उनले भने । नेपाललाई दिने खोपको घोषणालगत्तै खोप ढुवानीको अन्य प्रक्रिया सुरु हुने उनको भनाई छ।

राजदूत आचार्यका अनुसार निकटको छिमेकी मुलुकको नाताले पनि भारतबाट खोप नेपाल भित्रयाउने सवालमा निकै राम्रो प्रगति भएको छ । भारतबाट आउने खोपको केही मात्रा अनुदानको हुनेछ भने अन्य खरिद प्रक्रियाअनुसार हुने सम्भावना रहेको छ ।

नेपालको कुल जनसङ्ख्यालाई पुग्ने खोप भारतबाटै ल्याउन पहल भइरहे पनि पहिलो चरणमा कुल जनसङ्ख्याको तीन प्रतिशत खोप भारतबाट आउनेछ । राजदूत आचार्यले खोप नेरपाल भित्रयाउनका लागि खोपको अन्तिम परीक्षण चलेकै बखतदेखि पहल थालेके बताएका छन् ।

जसका लागि त्यहाँस्थित खोप निर्माता तथा स्वास्थ्य मन्त्रालयका पदाधिकारीसँग संवाद गरेर नेपालमा खोप भित्रयाउने वातावरण बनानाईएको हो । भारत बायोटेकले कोभिड–१९ विरुद्धको खोप विकास गरेको हो ।

राजदूत आचार्यले नेपालको २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने खोप भारतबाट ल्याउने तयारी रहेको जनाएका छन् । सुरुवातमा आउने तीन प्रतिशत भने अग्रमोर्चामा रहेर काम गरिरहेकाका लागि प्रयोग गरिनेछ । दोस्रो चरणमा आउने १७ प्रतिशत खोप भने जोखिममा रहेका समूहका लागि हुने गरी ल्याइने प्रक्रिया अगाडि बढेको आजको गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित समाचारहरू

Comments