सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढ्यो

  • झरना खबर
  • २०७८ बैशाख २० गते १२:५० बजे प्रकाशित

काठमाण्डौ : सुनचाँदीको भाउ आज बढेको छ ।

सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर तोलाको ९० हजार ४ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको ९० हजार रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ पनि ५ रुपैयाँ बढेको छ । हिजो तोलाको १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलामा १३ सय  रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

Comments