कुमारी बैंकको ऋणपत्र का लागि माग भन्दा बढी आवेदन

कुमारी बैंकले जारी गरेको सबै ऋणपत्र विक्री भएको छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र विक्रीमा ल्याएको थियो । त्यस मध्ये सर्वसाधारणमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख इकाई ऋणपत्र निष्काशन गरेको थियो । जसमध्ये करिब १३ लाख इकाई माग आएको बैंकले जनाएको छ । 

बैंकले ३ अर्ब बराबरको डिबेञ्चर मध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख इकाई व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थालाई विक्री गरिसकेको छ । 

बैंकले १० दशमलव २५ प्रतिशत वार्षिक ब्याज दिनेगरी १० वर्षका लागि १ हजार रुपैयाँ अंकित दरको डिबेञ्चर निष्काशन गरेको थियाे ।

सम्बन्धित समाचारहरू

Comments