उपत्यकासहित देशका विभिन्न भागमा बिहानदेखि वर्षा

  • झरना खबर
  • २०७८ बैशाख ९ गते ०९:५३ बजे प्रकाशित

काठमाडौं : काठमाडौं उपत्यकालगायत देशभरका पहाडी र हिमाली क्षेत्र र पश्चिम तराईमा आज बिहानैदेखि वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी र स्थानीय वायूको प्रभावका कारण रातीबाट ठूलो प्रणाली विकास भएकाले बिहानैदेखि वर्षा गराएको हो ।

काठमाडौं उपत्यकामा हिजो बिहानैदेखि बदली थियो भने केहि स्थानमा छिटफूट वर्षासमेत भएको थियो । आज राती भने सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्चपहाडी क्षेत्रमा पुनः वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

अन्य स्थानमा मौसममा सुधार हुँदै जानेछ । महाशाखाकाअनुसार भोलिसम्ममा मौसममा पूर्ण सुधार भइसक्ने र घाम लाग्नेछ ।

सम्बन्धित समाचारहरू

Comments