मौसममा बदली,मेघगर्जन र चट्याङ्ग सहित वर्षा हुने

  • झरना खबर
  • २०७७ भाद्र ३० गते ०८:३१ बजे प्रकाशित

काठमाडौं : देशभर अहिले मौसममा सामान्य बदली रहेको छ । मनसुनको न्युन चापीय रेखा औसत रेखा भन्दा माथि रहेकाले मौसममा सामान्य बदली रहेको छ । उक्त प्रभावका कारण अहिले  देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जनाए अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित समाचारहरू

Comments