हल्का वर्षाको सम्भावना

  • झरना खबर
  • २०७७ चैत्र २६ गते ११:४४ बजे प्रकाशित

काठमाण्डौ : जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १ सहित बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा अपरान्हतिर मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

विभागले आज दिउसो देशका पहाडी भू–भागमा आंशिकदेखि समान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने जनाएको छ ।  विभागका अनुसार आजराति देशका पहाडी भू–भागमा आंशिकदेखि समान्य रही बाँकी पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित समाचारहरू

Comments