•  ३ कार्तिक २०८३, सोमबार

काठमाडौं पानी उद्योग संघद्वारा वाणिज्य विभागका महानिर्देशक शाक्यलाई बधाई तथा शुभकामना

- कार्तिक ३, २०८३ मा प्रकाशित

काठमाडौं । काठमाडौं पानी उद्योग संघले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नवनियुक्त महानिर्देशक रितेश कुमार शाक्यलाई भेट गरी बधाई तथा शुभकामना व्यक्त गरेको छ। संघले महानिर्देशक शाक्यलाई दसैंको शुभकामना दिँदै सफल कार्यकालको कामना समेत गरेको हो।

संघका पदाधिकारीहरूको टोलीले बबरमहलस्थित विभागको कार्यालयमा पुगेर महानिर्देशक शाक्यलाई बधाई तथा शुभकामना ज्ञापन गरेको थियो। शुभकामना तथा बधाई ज्ञापन कार्यक्रममा काठमाडौं पानी उद्योग संघका अध्यक्ष गोकुल थापा, महासचिव अमराज लामा र सचिव दीपेन्द्र बोगटी सहभागी रहेका थिए।

संघले महानिर्देशक शाक्यको सफल कार्यकालको कामना गर्दै दसैंको अवसरमा शुभकामना समेत व्यक्त गरेको जनाएको छ। उनी राष्ट्रपति कार्यालयबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भई आएका थिए। यसअघिका महानिर्देशक मोतिराम सापकोटालाई गृह मन्त्रालय सरुवा गरिएपछि यो पद केही समय नेतृत्वविहीन बनेको थियो।

उद्योग मन्त्री दिपक साहले शाक्यलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकको जिम्मेवारी दिएका हुन । साह मन्त्री भएको भोलिपल्टै २५ भदौमा वाणिज्य विभागका महानिर्देशक मोतिराम सापकोटा गृह मन्त्रालयमा पुगेका थिए । त्यस यता विभाग महानिर्देशकविहिन रहेकोमा शाक्यलाई महानिर्देशकको जिम्मेवारी दिइएको हो ।

यस अघि माओवादी सत्तामा हुँदा शाक्य आन्तरिक राजस्व विभागको महानिर्देशकको भूमिकामा थिए । तत्कालीन महानिर्देशक शोभाकान्त पौडेललाई विस्थापन गरेर शाक्य विभागको महानिर्देशक चलाइसकेका कर्मचारी हुन । शाक्यले विभागको जिम्मेवारी सम्हालेसँगै बजारमा हुने कालोबजारी, मूल्यवृद्धि, कृत्रिम अभाव, कम गुणस्तरका वस्तुको बिक्री र नापतौलमा हुने ठगी नियन्त्रण गर्न नियमित रूपमा बजार अनुगमन गर्ने तथा ऐन विपरीत काम गर्ने व्यवसायीलाई तत्काल जरिवाना वा कानुनी कारबाही गर्ने कार्य अगाडि बढेको छ ।

Comments