गोकर्णेश्वर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ओलीको स्वागत, ३० महिना सफल कार्यकाल बिताएका गौलीको बिदाइ
- आश्विन २७, २०८३ मा प्रकाशित
काठमाडौँ, असोज २६ गोकर्णेश्वर नगरपालिकामा एक विशेष कार्यक्रमका बीच नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीलाई स्वागत तथा निवर्तमान प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीलाई ‘फेरि भेटौँला’ भन्दै भव्य बिदाइ गरिएको छ।
नगरपालिकामा आयोजित औपचारिक कार्यक्रममा नगर प्रमुख दीपककुमार रिसाल, उपप्रमुख, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। सो अवसरमा ३० महिनाको सफल कार्यकाल पूरा गरी सरुवा हुन लाग्नुभएका निवर्तमान अधिकृत याम नारायण गौलीलाई मायाको चिनो र सम्मान पत्रसहित बिदाइ गरियो।
बिदाइ कार्यक्रममा बोल्दै नगर प्रमुख दीपककुमार रिसालले गौलीको कार्यशैली, सहकार्य र स्थानीय नागरिकसँगको सुमधुर सम्बन्धको खुलेर प्रशंसा गर्नुभयो। मेयर रिसालले भन्नुभयो, प्रशासकीय अधिकृत हुनु त याम नारायण गौलीजस्तो हुनुपर्ने, उहाँले आफ्नो कार्यकालमा सम्पूर्ण नगरवासीको मन जित्न सफल हुनुभएको छ।
नगरपालिकामा आयोजित स्वागत तथा बिदाइ कार्यक्रममा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत ओलीलाई स्वागत गर्दै नगरपालिकाको प्रशासनिक जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न शुभकामना व्यक्त गरिएको थियो। साथै, आफ्नो कार्यकाल पूरा गरी बिदाइ भएका गौलीले नगरपालिकाको सेवा प्रवाह तथा प्रशासनिक व्यवस्थापनमा पुर्याएको योगदानको प्रशंसा गरिएको थियो।
गौलीले आफ्नो कार्यकालमा नगरपालिकाको प्रशासनिक कामकारबाही, सेवा प्रवाह तथा स्थानीय तहको संस्थागत विकासमा भूमिका निर्वाह गरेका थिए। उनको ३० महिनाको कार्यकाललाई स्मरण गर्दै नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले आगामी दिनमा पनि उनको अनुभव र योगदानबाट प्रेरणा लिन सकिने धारणा व्यक्त गरेका थिए।
त्यस्तै, कार्यक्रममा नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीलाई खादा र माला लगाएर स्वागत गरियो। पदभार ग्रहण गर्दै नवनियुक्त अधिकृत ओलीले विशेष कुराकानीमा विगतमा भएका राम्रा कामहरूलाई निरन्तरता दिँदै नगरपालिकाको थप विकास, प्रभावकारी सेवा प्रवाह र पारदर्शी योजना कार्यान्वयनमा आफ्नो तर्फबाट जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
स्थानीय तहमा नागरिकले सहज, छिटो र प्रभावकारी सेवा प्राप्त गर्नु नै सुशासनको महत्त्वपूर्ण आधार हो। यस सन्दर्भमा गोकर्णेश्वर नगरपालिकाले आगामी दिनमा सेवा प्रवाहलाई थप व्यवस्थित बनाउँदै नागरिकका आवश्यकता र गुनासोलाई सम्बोधन गर्नुपर्ने देखिन्छ।
ट्रेन्डिङ
-
आश्विन २७, २०८३गोकर्णेश्वर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ओलीको स्वागत, ३० महिना सफल कार्यकाल बिताएका गौलीको बिदाइ
-
आश्विन २५, २०८३विकासको गतिमा गोकर्णेश्वर नगरपालिका
-
आश्विन २३, २०८३गोकर्णेश्वरमा डिजिटल स्वास्थ्य बीमा सेवा, नौवटै वडाका कर्मचारीलाई ट्याब वितरण
-
आश्विन २३, २०८३रसुवाका बाढीपीडितलाई नेपाल पानी उद्योग महासंघको ३ लाख ४५ हजार रुपैयाँभन्दा बढी सहयोग
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्

Comments