सुनकोशीको काखमा सिन्धुलीको गोलन्जर (जुनारको राजधानी)-भिडियो सहित
- भाद्र २, २०८३ मा प्रकाशित
सिन्धुली – महाभारत पर्वत शृङ्खलाको काख, अनि पवित्र सुनकोशी नदीको किनार। समृद्ध प्रकृति, ऐतिहासिक पहिचान र पौरखी हातहरूको साझा सङ्गम त्यो हो सिन्धुली जिल्लाको पूर्वी ढोका अर्थात गोलन्जोर गाउँपालिका।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको बागमती प्रदेश अन्तर्गत पर्ने सिन्धुली जिल्लाका साविक डुडभन्ज्याङ, वितीजोर, भुवनेश्वरी, तीनकन्या, रतनचुरा, बाशेश्वर र भिमेश्वर गरी ७ वटा गाउँ विकास समितिहरूलाई एकीकृत गरी नेपाल सरकारको मिति २०७३-११-२७ गतेको निर्णयले देशभरिका अन्य स्थानीय तह जस्तै यस गोलन्जोर गाउँ पालिकालाई स्थानीय तहको रूपमा लागु गरिएको हो ।
सिन्धुली जिल्लाका साविक गाउँ विकास समितिहरू वाशेश्वर , रतनचुरा र तीनकन्याको बीच भागमा पर्ने गोलन्जोर डाँडाको नामबाट यस गाउँपालिकाको नाम गोलन्जोर रहन गएको हो । यो गाउँपालिका प्राकृतिक रूपमा जति सुन्दर छ, सांस्कृतिक रूपमा पनि त्यति नै विविधतायुक्त रहेको छ।
जुनारको राजधानीका रूपमा चिनिने यो क्षेत्रका रतनचुरा, तिनकन्या लगायतका ठाउँहरू स्वादिला जुनार र सुन्तला उत्पादनका लागि नेपालभरि नै प्रसिद्ध रहेका छन्। यहाँका बासिन्दाको मुख्य पेसा कृषि नै हो। जुनार सँगसँगै आधुनिक प्रविधि अपनाएर गरिएको व्यावसायिक तरकारी खेती, पशुपालन र अमिलो जातका फलफूलले यहाँका नागरिकको जीवनस्तर उकासिरहेको छ।
विपी राजमार्ग र मध्यपहाडी लोकमार्गले जोडिएको हुनाले गोलन्जोरको व्यापारिक भविष्य निकै उज्ज्वल छ। स्थानीय सरकारको सक्रियतामा शिक्षा, स्वास्थ्य, खानेपानी र सडक पूर्वाधारको विकास तीव्र गतिमा भइरहेको छ।
व्यापारिक र आवतजावतको हिसाबले विपी राजमार्गसँग जोडिएको यस गाउँपालिकाका बेँसीहरूमा अन्नबाली र पहाडी भित्ताहरूमा फलफूलको प्रचुर सम्भावना रहेको छ। त्यस्तै सुनकोशी नदीमा हुने र्याफ्टिङ र साहसिक पर्यटनले यहाँको आर्थिक समृद्धिको नयाँ ढोका खोल्न सक्छ ।
अमिलो जुनारको गुलियो स्वाद, सुनकोशीको शितल हावा, अनि पौरखी र अतिथिदेवो भवः भन्ने भावना भएका स्थानीय बासिन्दा जसको गोलन्जोरसँग भविष्य गाँसिएको छ । गोलन्जोर गाउँपालिका केवल एउटा भूगोल मात्र होइन, यो अथाह सम्भावना र प्रकृतिको वरदान समेत हो। यस गाउँपालिकाको नामकरण जोडिएको ऐतिहासिक गोलन्जोर डाँडाबाट आँखै अगाडि देखिने सेता हिमालका शृङ्खला र तल बगिरहेको सुनकोशी नदीको दृश्यले जोकोहीलाई मन्त्रमुग्ध पारिरहेको हुन्छ ।
गोलन्जोरमा प्राकृतिक सौन्दर्य मात्र छैन, ऐतिहासिक बाशेश्वर मन्दिर जस्ता धार्मिक स्थलहरू र विभिन्न जातजातिको मौलिक संस्कृति पनि जीवितै रहको छ। क्षेत्री, बाहुन, मगर, तामाङ, र नेवार समुदायको सद्भावपूर्ण बसोबासले यहाँको सांस्कृतिक पाटोलाई अझ बलियो बनाउँदै लगेको पाइन्छ।
यहाँका स्थानीय बासिन्दाहरूको आर्थिक मेरुदण्ड नै जुनार र सुन्तला खेती हो। सिन्धुलीको जुनारलाई देश विदेशमा चिनाउन गोलन्जरका किसानहरूको पसिना र माटोको विशेष योगदान रहेको छ।
विपी राजमार्गको निर्माणसँगै विकास भएको खुर्कोट बजार यस गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र हो। यहाँ विभिन्न जातजातिको साझा बसोबास छ, जहाँ विविधता बीचको एकता र बलियो सामाजिक सद्भाव देख्न पाइन्छ। पाहुनालाई आदर सत्कार गर्ने यहाँको मौलिक परम्पराले जो कोहीको मन लोभ्याउँछ।
प्रकृति, संस्कृति र श्रमको त्रिवेणी-गोलन्जर गाउँपालिका सिन्धुलीको यो सुन्दर पाखोले प्रत्येक नेपालीलाई एक पटक यहाँ आउन, गुडिरहेको गाडी रोकेर जुनारको स्वाद लिन र प्रकृतिको आनन्द उठाउन निमन्त्रणा गरिरहेको छ।
ट्रेन्डिङ
-
भाद्र २, २०८३सुनकोशीको काखमा सिन्धुलीको गोलन्जर (जुनारको राजधानी)-भिडियो सहित
-
श्रावण ३१, २०८३गोकर्णेश्वरका नगर प्रमुख दीपक रिसाललाई ‘एशिया ग्लोबल एक्सिलेन्स अवार्ड’
-
श्रावण २९, २०८३गोकर्णेश्वरवासीलाई नेपाल मेडिकल कलेजमा १ लाखसम्म निःशुल्क उपचार सुविधा
-
श्रावण २४, २०८३नेपाल पानी उद्योग महासंघको टोली स्वदेश फिर्ता,बस्तु आयात-निर्यातमा सम्झौता
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments