गोकर्णेश्वरका नगर प्रमुख दीपक रिसाललाई ‘एशिया ग्लोबल एक्सिलेन्स अवार्ड’
- श्रावण ३१, २०८३ मा प्रकाशित
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपककुमार रिसाललाई शिक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएको भन्दै ‘एशिया ग्लोबल एक्सिलेन्स अवार्ड २०२६’ प्रदान गरिएको छ।
थाइल्यान्डको पटायास्थित सियामिज होटलमा अगस्ट १० मा आयोजित ‘नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल’ तथा ‘एशिया ग्लोबल एक्सिलेन्स अवार्ड २०२६’ समारोहमा नगर प्रमुख रिसाललाई ‘Excellent Global Asia Nepal Mayor Award in Education & Health’ बाट सम्मान गरिएको हो।
शिक्षा तथा स्वास्थ्य क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै समाजमा उल्लेखनीय योगदान पुर्याएको, व्यावसायिक उत्कृष्टता र समर्पित सेवामार्फत समुदायमा सकारात्मक प्रभाव पारेको भन्दै उनलाई सम्मान प्रदान गरिएको प्रमाणपत्रमा उल्लेख छ।
World Wide Production Media Pvt. Ltd. र Himalayan Community Project को संयुक्त आयोजनामा भएको कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
नगर प्रमुख रिसालले गोकर्णेश्वर नगरपालिकामा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम तथा सेवाहरू सञ्चालन गर्दै आएका छन्। पछिल्लो समय नगरपालिकाले स्वास्थ्य सेवा विस्तार, स्वास्थ्य बीमा, अस्पताल सेवा सुधार तथा शिक्षामा छात्रवृत्तिलगायतका कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ।
ट्रेन्डिङ
-
श्रावण ३१, २०८३गोकर्णेश्वरका नगर प्रमुख दीपक रिसाललाई ‘एशिया ग्लोबल एक्सिलेन्स अवार्ड’
-
श्रावण २९, २०८३गोकर्णेश्वरवासीलाई नेपाल मेडिकल कलेजमा १ लाखसम्म निःशुल्क उपचार सुविधा
-
श्रावण २४, २०८३नेपाल पानी उद्योग महासंघको टोली स्वदेश फिर्ता,बस्तु आयात-निर्यातमा सम्झौता
-
श्रावण १९, २०८३नेपाल पानी उद्योग महासंघको टोली ओमान प्रस्थान, पानी निर्यातका लागि ऐतिहासिक ‘B2B’ सम्झौताको सम्भावना
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments