•  २५ बैशाख २०८३, शुक्रबार

प्याब्सक अध्यक्षमा मिरा सिलवालको उम्मेदवारी- शैक्षिक विकासमा अब्बल

- बैशाख २५, २०८३ मा प्रकाशित


टि एन धमला (मुनामदन) काठमाण्डौं। निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं प्याब्सक (PABSOK) को छैटौं अधिवेशन हुँदै छ । उक्त अधिवेशन नजिकिँदै गर्दा नेतृत्वको चर्चा समेत चुलिन थालेको छ।

यसैबिच संगठनको अधिवेशन मार्फत अध्यक्षको उम्मेद्वारीमा मिरा सिलवालको चर्चा हुन थालेको छ । सिलवालले अध्यक्ष पदका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्नुभएको छ । शिक्षा क्षेत्रमा करिब तीन दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आउनुभएकी सिलवाल प्रोग्रेसिभ सेकेन्डरी विद्यालयकी अध्यक्ष तथा विनायक सिद्ध कलेजको सञ्चालक समितिमा आबद्ध हुनुहुन्छ ।

शिक्षण सिकाइ, शैक्षिक नेतृत्व तथा विद्यालय व्यवस्थापनमा उहाँले पुर्‍याउनुभएको योगदानका कारण सिलवाललाई शिक्षा क्षेत्रमा प्रभावशाली तथा अनुभवी व्यक्तित्वका रूपमा चिन्ने गरिन्छ । शिक्षासँगै सामाजिक सेवामा समेत सक्रिय रहनुभएकी सिलवाल विभिन्न सामाजिक अभियान तथा गतिविधिहरूमा निरन्तर संलग्न रहँदै आउनुभएको छ ।

संगठन प्रतिको नेतृत्व क्षमता, व्यवस्थापकीय अनुभव तथा शैक्षिक क्षेत्रमा लामो समयदेखिको सक्रियताका कारण निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं प्याब्सक (PABSOK) को छैटौं अधिवेशनमा अध्यक्ष पदका लागि उहाँको चर्चा व्यापक रूपमा हुन थालेको हो ।

यसअघिको एक कार्यकालमा प्याब्सकको उपाध्यक्षको समेत जिम्मेवारी सम्हालिसक्नुभएकी सिलवाल शैक्षिक संगठनभित्र अनुभवी, समन्वयकारी तथा दूरदर्शी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । झापा जिल्लाको जलथलमा जन्मनुभएकी सिलवालले शिक्षा क्षेत्रको विकास, संस्थागत विद्यालयहरूको सुदृढीकरण तथा शैक्षिक गुणस्तर अभिवृद्धिमा खेलेको भूमिका उल्लेखनीय रहेको शैक्षिक विज्ञहरुले बताउँदै आएका छन् ।

उक्त संगठनको अधिवेशन बैशाख २८ गते सोमबार चाबहिलमा रहेको केएल टावर स्थित इम्पेरियल बैङ्कुटमा दिउसो १ बजेबाट सुरुहुने भएको छ । शिक्षा क्षेत्रमा लामो समयदेखि निरन्तर खटिएर शैक्षिक गुणस्तर वृद्धि तथा विद्यालय प्रशासन र शैक्षिक नेतृत्वको सवालमा बुलन्द आवाज उठाउँदै आउनुभएकी सिलवाल संगठन भित्र पनि प्रभावशाली मानिदै आउनुभएको छ ।

शैक्षिक विकासमा अब्बल हुनुभनेको गुणस्तरीय शिक्षा, नवीन शिक्षण विधि र प्रयोगात्मक सिकाइमा अग्रणी हुनु हो। सिलवालले विभिन्न कार्यक्रम मार्फत शैक्षिक गुणस्तरमा उत्कृष्ट नतिजा हाँसिल गर्दै आउनुभएको छ । उहाँका शैक्षिक विशेषताहरु मध्य सैद्धान्तिक ज्ञानभन्दा प्रयोगात्मक र सिपमूलक शिक्षालाई जोड दिनु हो । साथै समुदाय र अभिभावकको सहभागिता समेत सिलवालको चारित्रिक विशेषता मानिन्छ ।

निजी विद्यालयमा अध्ययन गर्ने साना बच्चाका बुबा आमाहरूलाई समेटेर छलफल र कमीकमजोरीको समाधान गर्ने प्रणालीमा सिलवाल सर्धै जुट्ने गर्नुहुन्छ । विद्यालयमा दक्ष र उत्प्रेरित शिक्षकहरूको व्यवस्था हुनुपर्छ भन्दै आउनुभएकी सिलवाल शिक्षा क्षेत्रको विकासका लागि राजनीतिभन्दा माथि उठेर शैक्षिक संस्थालाई गुणस्तरीय र अब्बल बनाउन क्रियाशिल रहँदै आउनुभएको छ ।

वास्तवमा सिलवालको सक्रियता विद्यालयमा मात्र सीमित छैन । उहाँले सामाजिक सेवामा पनि आफ्नो नेतृत्व क्षमता देखाइरहनु भएको छ । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं प्याब्सक (PABSOK) लाई नयाँ उचाइमा पुऱ्याउन, संगठन विस्तार र बृहत शैक्षिक एकता सहितका एजेण्डालाई मुर्तरुप दिन सिलवालले खेलेको भूमिकाले पनि उहाँको अध्यक्ष पदको उम्मेदवारी दाबेदारीलाई झनै बलियो बनाएको छ ।

अधिवेशन मार्फत अध्यक्षमा निर्वाचित पश्चात निजी विद्यालयको गुणस्तरीय शैक्षिक व्यवस्थापनमा अब्बल निजी क्षेत्र बनाउने सिलवालको चाहाना पुरा होस् शुभकामना !

Comments
[gs-fb-comments]

सम्बन्धित खबर