•  २५ चैत्र २०८२, बुधबार

प्रेस नोट

- चैत्र २५, २०८२ मा प्रकाशित


काठमाण्डौं : पुस्तक प्रकाशनको सोच विभिन्न विधामा गर्ने कुराको योजना बुनिरहेका हुन्छौं । पत्रकारिता पेशा, भेटघाट र कुदाईको त के हिसाब हुन्थ्यो । बिहान देखि बेलुकी सम्म व्यस्तताले बित्थ्यो । २०८२ साल असोज महनिाको अन्तिम अन्तिम तिर खुट्टामा घाउ देखा प¥यो । यो ठीक भईहाल्छ भनेर हिडडुल रोकिएन । घाउले ठुलो रुप लियो , तिहार देखि हिडडुल राकियो । उपचारमा केन्द्रित भईयो । चार महिना सम्म घरमा बस्न बाध्य भईयो ।

रोटरी डिस्टीक कन्फेरेन्समा वितरण गर्ने गरि यो प्रेसिडेन्ट पुस्तकको तयारी गरियो । पुस्तकको आवरण डिजाइन गरि देशभरका रोटरी क्लबका प्रेसिडेन्टहरुलाई लागत शुल्क सहित म्यासेज हावटसप बाट पठाउने काम शुरु भयो । कोही धेरै उत्साहित हुनु भयो, कतिले खासै रुचि देखाउनु भएन । कति जना सम्मको आयो भने पुस्तक प्रकाशन गर्ने भनेर सरसल्लाह गरियो । यदि ५० जना प्रेसिडेन्टहरुको बायोग्राफी आयो भने सफल्ता हो भन्ने सल्लाह प्राप्त भयो ।

यो पुस्तकको तयारीमा जुट्दा जुट्दै आमा अस्वस्थ हुनु भयो । आमाले माघ ६ गते सधैंको लागि छोडेर जानु भयो । पुस्तकको तयारीमा देशभरका प्रेसिडेन्टहरुलाई फोन सम्पर्क, म्यासेज व्यापक गरेका थियौं । आमा अस्वस्थ भएको २१ दिनमा नै हामी सबैबाट विदा भएर जानु भयो ।

यो समयमा म सबैवाट सम्पर्क विहीन भएँ । मेरो फोनको म्यासेजमा टिनिक्क घण्टी बज्दथ्यो तर मैले ह्वाटसप पनि खाल्ने अवस्था थिएन । जव म १३ दिनको आमाको काम सक्काएर ह्वाटसप खोलें , इमेल चेक गरेँ । ल अब के गर्ने ? पुस्तक प्रकाशन गर्न भ्याइन्दैन , डिीसटक कन्फरेन्स फागुन ७ गते दखि फागुन ९ गते सम्म छ । अब जजसको पैसा आएको छ, वहाँहरुलाई फिर्ता दिनु पर्छ भनेर सोच्न थालें । यसै समयमा कन्फेन्स बैशाख ४ गते देखि बैशाख ६ गते हुने भयो भनेर सुचना आयो ।

अब पुस्तक प्रकाशनको लागि समयववधी पुग्छ भनेर प्रेसिडेन्टहरुलाई पछ्याउन थालेँ । पछ्याउन पनि यसरी पछ्याए किँ वाक्क दिक्क लाग्ने गरि पछ्याए । यसको चर्चा परिचर्चा राम्रै भएको रहेछ भनि थाहा पाएँ । कहिले चाहादा चाहादै पनि हुदैन । कहिले प्रतिकूल समयमा पनि सृजना हुँदोरहेछ भन्ने पाठ सिकेँ ।

यो पुस्तकको उद्देश्य भनेको नेपालमा रोटरीको स्थापना , रोटरीले मुलुकको विकासमा पु¥याएको योदान, हाल सम्ममा के कति जना गर्भनर हुनु भयो भन्ने अभिलेख राख्नु हो । रोटरी संग सम्वन्धित लेखरचना प्रकाशित जसले गर्दा रोटरियनहरुलाई आफू रोटरियन हुनुमा गौराविन्त गराउनु हो ।
रोटरियन श्यानम तण्डुकार

Comments
[gs-fb-comments]

सम्बन्धित खबर