•  २२ चैत्र २०८२, आईतवार

अर्याल आजदेखि सभामुख,रास्वपाबाट भए अलग

- चैत्र २२, २०८२ मा प्रकाशित


काठमाडौं, चैत २२ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आज पद तथा गोपनीयताको शपथ लिदैछन् । सभामुख अर्यालको शपथग्रहण कार्यक्रम राष्ट्रपति भवन शीतल निवासमा हुनेछ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो साढे २ बजे एक समारोहकाबीच पद तथा गोपनीयताका शपथ खुवाउने कार्यक्रम रहेको छ ।

त्यसअघि अहिले विहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति अर्याललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरिदैछ । उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल सकिएपछि निर्णयार्थ प्रस्तुत हुने कार्यसूची छ ।

रास्वपाको बिहीबार बसेको बैठकले सभामुख पदमा अर्याललाई अघि सार्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार अर्यालले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका थिए । अर्याल पहिलो पटक वि.स. २०७९ माघमा प्रचण्ड नेतृत्वको सरकारमा २० दिनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका थिए । उनी पहिलो पटक वि.स. २०७९ माघ ३ देखि माघ २२ सम्म श्रममन्त्री बनेका थिए भने वि.स. २०८० फागुन २३ देखि वि.स. २०८१ असार ३१ सम्म ४ महिना ८ दिनका लागि पुनः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका थिए । उनले श्रममन्त्रीको रुपमा करिब ४ महिना २८ दिन मन्त्रालयको कार्यभार सम्हालेका थिए ।

२०७९ को निर्वाचनमा खस जनताको वर्गबाट समानुपातिक प्रतिनिधिका रूपमा निर्वाचित भई विघटित प्रतिनिधि सभाका पूर्व सदस्य रहेका उनी हाल रास्वपाको उपसभापतिको रुपमा क्रियाशील रहेका थिए । वि.स. २०७९ माघमा सर्वोच्च अदालतले रास्वपा अध्यक्ष रवि लामिछानेको नागरिकता अवैध ठहर गर्दै सबै सार्वजनिक पदबाट हटाएपछि उनी छोटो समयका लागि कार्यवाहक अध्यक्षमा नियुक्त भएका थिए । त्यसपछि सहकारी मुद्दामा लामिछाने कारागारमा रहँदा पनि अर्यालले कार्यवाहक सभापतिको भूमिका निर्वाह गरेका थिए । लामिछाने कारागार मुक्त भएपछि अर्याल उपसभापति पदमा कायम रहेका थिए ।

अर्याल दुई पटक श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनिसकेका छन् । धादिङमा निम्न परिवारमा जन्मिएका अर्यालले शिक्षा, पर्यटन, वैदेशिक अध्ययन, सहकारी र रेमिटेन्सको क्षेत्रमा लामो समय काम गरिसकेका छन् । पर्यटन उद्योग, रेमिटेन्स सेवा र समाजसेवामा सक्रिय हुँदै अर्याल समानुपातिक सूचीबाट संघीय सांसद बनेका थिए । जेनजी आन्दोलनपछि भएको संसद् विघटनपछि घोषित फागुन २१ को निर्वाचनमा उनी रास्वपाबाट काठमाडौं–९ निर्वाचित भएका हुन् ।रिपोर्टस नेपालबाट

Comments
[gs-fb-comments]

सम्बन्धित खबर