बालेनले वाइवाइलाई दिए ‘कांग्रेसको चाउचाउ’को संज्ञा
- फाल्गुन १५, २०८२ मा प्रकाशित
चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले चितवनको भरतपुरमा शुक्रबार आयोजित ‘परिवर्तन उद्घोष सभा’लाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता विनोद चौधरी मालिक रहेको वाइवाइ चाउचाउलाई कांग्रेसको चाउचाउ’को संज्ञा दिएका छन् । ‘अब हामीले हेटौँडा सिमेन्ट कारखाना जस्तो नभइ देशलाई नेपाली कांग्रेसको वाइवाइ कारखाना जस्तै बनाउनुपर्यो’, भन्दै उनले ‘त्यसो भएमा हामी वाइवाइ जस्तै संसारभरका देशमा हाम्रा उत्पादन लैजान सक्ने बताएका छन् ।
देशको वर्तमान अवस्थालाई उनले हेटौँडा सिमेन्ट कारखानासँग तुलना गरे। ‘मेसिन छ, खानी छ तर पनि बन्द छ,’ भन्दै उनले उपलब्ध स्रोत र संरचना हुँदाहुँदै पनि देशले अपेक्षित प्रगति गर्न नसकेको टिप्पणी गरे।
निर्वाचन अभियानका क्रममा ७-८ हजार किलोमिटर यात्रा गरेको स्मरण गर्दै उनले देशभरका समस्या उस्तै रहेको अनुभव सुनाए। ‘एउटा जिल्लाको समस्या अर्को जिल्लाले समाधान गर्न सक्छ,’ उनले भने।

















Comments
[gs-fb-comments]