आमाको नामबाट नागरिकता पाउने बाटो खुल्यो
- पुष २४, २०८२ मा प्रकाशित
काठमाडौं : सरकारले नेपाल नागरिकता नियमावली २०६३ को चौथो संशोधन स्वीकृत गरी राजपत्रमा प्रकाशन गरेसँगै बाबुको पहिचान नखुलेकाको हकमा आमाको नामबाट नागरिकता प्रदान गर्ने कानुनी व्यवस्था कार्यान्वयनमा आएको छ।
मन्त्रिपरिषद्बाट पौष ११ गते स्वीकृत उक्त संशोधित नियमावली पौष २१ गते नेपाल राजपत्रमा प्रकाशन भएसँगै लागू भएको हो। यसलाई कार्यान्वयनमा लैजान गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरिसकेको छ।
यसअघि गत असोज ५ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन २०८२ ले आमाको नामबाट नागरिकता दिने व्यवस्था गरेको थियो। सो ऐनका प्रावधानलाई व्यवहारमा लागू गर्न नियमावली संशोधन गरिएको गृह मन्त्रालयले जनाएको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
जेष्ठ २२, २०८३एनआरएनए (NRNA) ओहायो च्याप्टरका सचिब भट्टराई पक्राउ
-
जेष्ठ १७, २०८३नेकपा संयोजक प्रचण्डलाई भएको माइल्ड निमोनिया के हो ? स्वास्थ्य ‘सुधारोन्मुख’
-
जेष्ठ १२, २०८३प्रधानमन्त्री शाहले इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्दै
-
बैशाख २९, २०८३प्याब्सकको छैटौँ अधिवेशन सम्पन्न : २२ वर्षे इतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित
लोकप्रिय
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्

















Comments
[gs-fb-comments]