प्रशोधित पानीको बोतल र जारको नयाँ मूल्य निर्धारण
- आश्विन २८, २०८२ मा प्रकाशित
काठमाण्डौं – प्रशोधित पानीको बोतल र जारको नयाँ मूल्य निर्धारण गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तुको रुपमा प्रयोग हुँदै आएको प्लाष्टिक बोतल तथा जारमा बिक्री वितरण भइरहेको प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य निर्धारण गरेको हो ।
विभागले एक सूचना जारी गर्दै काठमाडौँ उपत्यकामा एक लिटर बोतलको पानी १६ रुपैयाँ र उपत्यका बाहिर २० रुपैयाँ निर्धारण गरेको छ । यस्तै, २० लिटर जारको पानी काठमाडौं उपत्यकामा ४७ रुपैयाँ र उपत्यका बाहिर ६० रुपैयाँ तोकिएको छ ।
विभागले तोकिएको भन्दा बढी रकममा पानीको बोतल तथा जार बिक्री वितरण गरेको पाइएमा उपभोक्ता हित संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम कारबाही गरिने चेतावनी दिएको छ । व्यापारीले तोकिएको भन्दा बढी मूल्यमा पानी बिक्री गरेको पाइएमा विभाग वा मातहतका कार्यालयमा सूचना दिन आम सर्वसाधारणमा विभागले अनुरोध गरेको छ ।
यसअघि व्यापारीले विभागले तोकेकै मुल्यमा बोतल तथा जारको पानी बिक्री गर्दै आएका थिए । विभागले पानीको पुरानै मुल्यलाई नयाँ मूल्यका रुपमा निर्धारण गरेको र उक्त मुल्य वर्तमान अवस्थामा कम भएकाले बैज्ञानिक नयाँ मुल्य निर्धारण हुनुपर्ने नेपाल पानी उद्योग महासंघ र काठमाडौं पानी उद्योग संघले जनाएको छ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
जेष्ठ २२, २०८३एनआरएनए (NRNA) ओहायो च्याप्टरका सचिब भट्टराई पक्राउ
-
जेष्ठ १७, २०८३नेकपा संयोजक प्रचण्डलाई भएको माइल्ड निमोनिया के हो ? स्वास्थ्य ‘सुधारोन्मुख’
-
जेष्ठ १२, २०८३प्रधानमन्त्री शाहले इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्दै
-
बैशाख २९, २०८३प्याब्सकको छैटौँ अधिवेशन सम्पन्न : २२ वर्षे इतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित
लोकप्रिय
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्

















Comments
[gs-fb-comments]