सुदन गुरुङले सुरु गरे ‘एरेष्ट केपी ओली’ ट्रेण्ड
- आश्विन २०, २०८२ मा प्रकाशित

काठमाडौं- हामी नेपालीका संयोजक सुदन गुरुङले एरेष्ट केपी ओली ट्रेण्ड सुरु गरेका छन् । उनले तत्कालिन गृहमन्त्री रमेश लेखक समेतलाई एरेष्ट मडर्रर भन्दै ट्रेण्ड सुरु गरेका छन् । राष्ट्रको लागि केही गर्न वा मर्न भन्दै उनले यो अभियान सुरु गरेका छन् ।
जेन–जी आन्दोलनको क्रममा दमन गर्दा सरकारको नेतृत्वमा एमाले अध्यक्ष केपी शर्मा ओली थिए भने गृह मन्त्रालयको कमाण्ड कांग्रेस नेता रमेश लेखकले सम्हालेका थिए । सुदले सार्वजनिक गरेको एरेष्ट क्याम्पेनमा तत्काल उनीहरुलाई पक्राउ गर्न भनिएको छ । अन्यथा राष्ट्रले नै एक्सन लिनेछ भनेर उनले चेतावनी दिएका छन् ।
गत भदौ २३ र २४ गतेको घटनाको छानबिनको लागि पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग समेत बनाईएको छ । आयोगले ओली, लेखकसहित पाँच जनाको राहदानीसमेत रोक्का गरेको छ । उनीहरुलाई काठमाडौं उपत्यका छाड्न समेत प्रशासनको अनुमति लिन भनिएको कुरा बाहिरिएको छ ।
Comments