सुनको मूल्य हालसम्मकै उच्च तोलामा २ लाख ३३ हजार नाघ्यो
- आश्विन २०, २०८२ मा प्रकाशित

काठमाडौँ – सुनको मूल्य तोलामा २ लाख ३३ हजार नाघेको छ । सोमबार पनि सुनको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार थप बढेर तोलामा २ लाख ३३ हजार १०० रुपैयाँ पुगेको छ ।
जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा २ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार थप बढेर तोलामा २ हजार ९६० रुपैयाँ पुगेको हो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
Comments