गोकर्णेश्वर नगर अस्पतालमा विशेषज्ञ डाक्टरहरूलाई गरियो सम्मान
- आश्विन २, २०८२ मा प्रकाशित
काठमाडौं – गोकर्णेश्वर नगर अस्पतालमा विशेषज्ञ डाक्टरहरूलाई स्वागत तथा सम्मान गरिएको छ। गत भदौ २४ गते जेनजी आन्दोलनपछि उत्पन्न विषम परिस्थितिमा सामाजिक तथा मानसिक र शारीरिक रूपमा थलिएका नगरवासीलाई स्वास्थ्य सेवामा सहजता पुर्याउने उद्देश्यले नगरपालिकाले विशेषज्ञ डाक्टरहरू नियुक्त गरेको थियो।
डाक्टरहरूलाई स्वागत तथा सम्मान गर्ने कार्यक्रमको अवसरमा प्रमुख अतिथि समेत रहेका गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दिपक रिसालले नगरवासीले गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गर्दै, सम्पूर्ण उपचार अस्पतालबाट हुने बताएका छन् । उनले नगरवासीहरु उपचारको लागि अन्य अस्पतालमा जानु नपरोस् भन्ने उदेश्यले विशेषज्ञ डाक्टरहरू थपिएको बताए । नगर प्रमुख रिसालले स्वास्थ्य सेवा सुधारका लागि नगरपालिकाले पूर्वाधार र जनशक्ति दुवै क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाए । उनले डाक्टरहरूलाई आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध भएर सेवा दिन अनुरोध समेत गरेका छन् ।
नगर प्रमुख दिपक रिसालले नवनियुक्त डाक्टरहरूलाई खादा र माला लगाएर स्वागत तथा सम्मान गरेका थिए । स्वास्थ्य क्षेत्रमा गोकर्णेश्वर नगरपालिकाको यस प्रकारको कार्यले स्थानीय स्तरमै गुणस्तरीय सेवा दिने विषयमा महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।
नव विशेषज्ञ डाक्टरहरूको नियुक्तिसँगै नगरवासीको स्वास्थ्य सेवा प्रवाहमा सुधार आउने अपेक्षा गरिएको छ।
ट्रेन्डिङ
-
असार ७, २०८३ट्राफिक प्रहरी वृत्त बौद्धका प्रमुख तथा इन्स्पेक्टर थापा सरुवा,नगर प्रमुख रिसालले गरे बिदाइ
-
असार ७, २०८३राजगढ गाउँपालिकामा उद्घोषण तथा भाषण कला प्रशिक्षण कार्यक्रम सम्पन्न
-
जेष्ठ २२, २०८३एनआरएनए (NRNA) ओहायो च्याप्टरका सचिब भट्टराई पक्राउ
-
जेष्ठ १७, २०८३नेकपा संयोजक प्रचण्डलाई भएको माइल्ड निमोनिया के हो ? स्वास्थ्य ‘सुधारोन्मुख’
लोकप्रिय
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments