•  १ आश्विन २०८२, बुधबार

निरन्तर सेवा प्रवाहमा शंखरापुर नगरपालिका

- भाद्र २९, २०८२ मा प्रकाशित


साँखु – शंखरापुर नगरपालिकाका सेवा प्रवाहमा निरन्तर लागि रहेको छ । जेन-जी आन्दोलनका बिचमा पनि नगरपालिकाले जनताको सेवा प्रवाहमा कुनै कमि गरेको छैन । जेन-जी आन्दोलनको कारण देशैभरका सार्वजनिक कार्यालयमा क्षति पुगेको भएपनि शंंखरपुर नगरपालिकामा भने कुनै प्रकारको क्षति भएन ।

आन्दोलनले स्थानीय तहमा निकै असर परेपनि शंखरापुर नगरपालिकामा भने सेवा प्रवाहमा कुनै अवरोध नभएको नगर प्रमुख रमेश नापितले जानकारी दिनु भएको छ । देशव्यापी रूपमा चर्किएको जेन-जी आन्दोलनको प्रभाव भने शंखरापुर नगरपालिकामा खासै परेन नगर प्रमुख नापितले बताए ।

जेन-जी आन्दोलनको आडमा अराजक समूहले देशका विभिन्न नगरपालिकाको भवनमा क्षति पुर्याएका थिए । प्रदर्शनकारीहरूले देशैभरका सार्वजनिक संस्थाहरुमा तोडफोड र आगजनी गरेका थिए । प्रदर्शनकारीले साँखु स्थित प्रहरी चौकीमा समेत आगजनी गरिदिएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खबर