•  ६ श्रावण २०८२, मंगलवार

मापदण्ड विपरित जया मल्टिपल क्याम्पसले चलाउँछ मनकामना स्कुलको ११ कक्षा : अनुमति ७ नम्बरको संचालन ८ नम्बरमा

- श्रावण ६, २०८२ मा प्रकाशित


सत्य मञ्च – काठमाडौं – गोकर्णेश्वर नगरपालिकामा संचालनमा रहेको एउटा संस्थागत विद्यालय र क्याम्पसको मापदण्ड उल्लङ्घनको चलाखी बाहिर आएको छ । त्यस्तो चलाखी गर्ने विद्यालयमा गोकर्णेश्वर नगरपालिकाको ७ नम्बर वडामा संचालनमा रहेको मनकामना सेकेण्डरी स्कुल रहेको छ । त्यस्तै सोहि नगरपालिकाको ८ नम्बर वडामा संचालनमा रहेको जया मल्टिपल क्याम्पस रहेको छ ।

मापदण्ड उल्लङ्घन वारे चर्चा गरौं :

मनकामना सेकेण्डरी स्कुलको ११ र १२ कक्षाको संचालन ८ नम्बर वडामा संचालनमा रहेको जया मल्टिपल क्याम्पसमा भइरहेको छ । उक्त क्याम्पसले मापदण्ड विपरित ११ र १२ कक्षाको शैक्षिक गतिविधि संचालन गरिरहेको पाइएको छ ।

जया मल्टिपल क्याम्पस भने गोकर्णेश्वर नगरपालिकाको ८ नम्बर वडामा रहने गरि त्रिभुवन विश्व विद्यालयबाट स्नातक र स्नातकोत्तर तहको संचालन अनुमति लिएर बिए , बिबिएस, बिएस डब्लु र बिसिए , बिबिएम र एमबिएस जस्ता तहमा विद्यार्थी भर्ना गरेर पठाउने गरि संचालनमा आएको कलेज हो । उसले मनकामना सेकेण्डरी स्कुलको ११ र १२ कक्षा संचालन गरिरहेको छ । जया मल्टिपल क्याम्पसले ठेगाना फरक रहेर संचालनमा रहेको मनकामना सेकेण्डरी स्कुलको अनुमतिमा ८ नन्बर वडामा ११ र १२ कक्षा संचालन गर्दै आएको पाइएको हो ।

उता मनकामना सेकेण्डरी स्कुलले आफ्नो क्षेत्राधिकार भित्र ११ र १२ कक्षा संचालन गरेको छैन । मनकामना सेकेण्डरी स्कुल भने गोकर्णेश्वर नगरपालिकाको ७ नम्बर वडामा छुट्टै संचालनमा रहेको छ । सामान्यतया एउटा वडामा संचालनमा रहेको विद्यालयले अर्को फरक वडामा कक्षा संचालन गर्न मिल्दैन । त्यसरी संचालन गरेको पाइए उक्त विद्यालयलाई कानुनी कारबाहि हुने प्रावधान रहेको छ ।

यस वारेमा जया मल्टिपल क्याम्पसका क्याम्पस प्रमुख भवानी प्रसाद पौडेलसँग टेलिफोन सम्पर्कमा कुराकानी गर्दा ११ र १२ कक्षाको संचालन मनकामना सेकेण्डरी स्कुलको भएको र पहिलेको विषय भएकाले अर्को अनुमति लिएर कक्षा संचालन गर्न नपर्ने बताएका छन् । जया मल्टिपल क्याम्पसले कक्षा स्थान फरक पारेर ११ र १२ संचालन गर्न मिल्दैन । तर ७ नम्बर वडामा छुट्टै संचालनमा रहेको मनकामना सेकेण्डरी स्कुलको ११ र १२ कक्षाको संचालन ८ नम्बर वडामा रहेको जया मल्टिपल क्याम्पसले संचालन गरिरहेको छ ।

ठेगाना नै फरक रहेर संचालनमा रहेको विद्यालयको ११ र १२ कक्षा संचालन गरेर जया मल्टिपल क्याम्पसले मापदण्ड विपरित कार्य गरिरहेको छ । त्यस्तै मनकामना सेकेण्डरी स्कुलले आफ्नो कम्पाउण्ड भित्र ११ र १२ कक्षा संचालन नगरेर गैरकानुनी चलाखी देखाइरहेको छ ।

यस वारेमा गोकर्णेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख वीर बहादुर खड्काले गैरकानुनी रुपमा कक्षा संचालन गर्न नपाइने बताएका छन् । उनले फरक वडामा दर्ता गरेर संचालनमा रहेको विद्यालयले अर्को फरक ठाउँमा गएर अनुमति बेगर कक्षा संचालन गर्न नमिल्ने बताएका छन् । कसैले त्यसरी संचालन गरेको पाइए कारबाहि गरिने समेत बताएका छन् ।

पछिल्लो समय गोकर्णेश्वरमा मापदण्ड विपरित कक्षा संचालन गर्ने विद्यालयहरुको वारेमा सूचना आउने गरेको र त्यसरी कक्षा संचालन गर्ने विद्यालयहरुको अनुगमन गरेर कारबाही गर्ने प्रक्रिया अगाडि बढाएको शाखा प्रमुख खड्काले बताएका छन् । उनले कानुन विपरित त्यसरी कक्षा संचालन गर्न नमिल्ले बताए । दर्ता संचालन अनुमित एक ठाउँको लिएर अर्को स्थानमा कक्षा संचालन गर्न मिल्दैन उनले भने । गोकर्णेश्वरमा नियम विपरित कक्षा ११ संचालन गर्नेको संख्या धेरै रहेको पाइएको छ । गोकर्णेश्वर नगरपालिकामा संचालित अधिकांस निजी विद्यालयहरुले स्थानीय तहले जारी गरेको नीतिको धज्जी उडाइरहेको पाइएको हो ।

सामान्यतया एउटा वडामा संचालनमा रहेको विद्यालयले अर्को फरक वडामा कक्षा संचालन गर्न मिल्दैन । त्यस्तै ११ र १२ कक्षाको संचालन समेत एउटै परिधिभित्र रहेर संचालन गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । त्यसरी संचालन गरेको पाइए उक्त विद्यालयलाई कानुनी कारबाहि हुने प्रावधान रहेको छ ।गोकर्णेश्वर नगरपालिकामा संचालित मनकामना सेकेण्डरी स्कुल र जया मल्टिपल क्याम्पसको हकमा भने उक्त प्रावधान लागु भएको छैन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खबर