•  १५ असार २०८२, सोमबार

गोकर्णेश्वर नगरपालिकाको मोबाइल एप्स सार्वजनिक

- असार ११, २०८२ मा प्रकाशित


काठमाडौँ – गोकर्णेश्वर नगरपालिकाले प्रविधिमैत्री शासन प्रणालीतर्फ अघि बढ्दैँ नगरबासीहरूको सुविधालाई लक्षित गर्दै आधिकारिक मोबाइल एप्स सार्वजनिक गरेको छ । नगरपालिकाले १५ औं नगर अधिवेशनको अवसर पारेर एप्स सार्वजनि गरेको हो । यस एप्समार्फत नगरवासीहरूले घरमै बसेर विभिन्न सेवा सहज रूपमा प्राप्त गर्न सक्ने भएका छन् ।

नगरपालिकाका प्रमुख दिपक रिसालले एप्समा गुनासो र सुझाव पठाउने, विकास योजनाका विचार साझा गर्ने, सूचना र समाचार पाउने, आपतकालीन सेवा सम्पर्क गर्ने तथा धार्मिक–पर्यटकीय स्थलहरूको जानकारी प्राप्त गर्ने सुविधा समावेश गरिएको बताउनुभयो । उहाँले एप्समा थप सुविधा विस्तारको तयारी भइरहेको समेत बताउनु भएको छ ।

यस एप्सले नागरिक र प्रशासनबीचको दूरी घटाउने र पारदर्शिता बढाउने विश्वास रारखिएको छ । आगामी दिनमा सबै नगरपालिकाका सेवाहरूलाई एकीकृत गर्दै यस एप्समार्फत उपलब्ध गराउने लक्ष्य नगरपालिकाको रहेको छ ।

उक्त एप्सको विकास गभर्नेन्स अटोमेटिक सोलुसन प्रालीले गरेको हो । गोकर्णेश्वर एप्सले स्थानीय शासनको डिजिटल रूपान्तरणमा टेवा पुर्‍याउँदै नागरिक र प्रशासनबीचको सम्बन्ध सुदृढ बनाउने छ ।

एप्समा डिजिटल नागरिक वडापत्र, स्वास्थ्य सम्बन्धी जानकारी, गुनासो तथा सुझाव पठाउने सुविधा, विकास योजना तथा सल्लाह दिने सुविधा, विकास योजना तथा सल्लाह दिने सुविधा,आपतकालीन सूचना र सम्पर्क सुविधा, धार्मिक तथा पर्यटकीय स्थलहरूको जानकारी, सूचना तथा समाचार अद्यावधिक, घरमै सेवा प्राप्त गर्ने सुविधा, स्थानीय सेवा लगायतका सेवाहरू समावेश गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खबर