गोकर्णेश्वर नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक २ अर्ब ५ करोडको बजेट
- असार १२, २०८२ मा प्रकाशित
काठमाडौं – शंखरापुर नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले १५ औं नगर अधिवेशन मार्फत नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२ / ०८३ का लागि २ अर्व ५ करोडको बजेट ल्याएको छ । नगरपालिकाले सङ्घीय तथा प्रदेश सरकारबाट हुने वित्तीय हस्तान्तरणबाट प्राप्त हुने रकम तथा सामाजिक सुरक्षा बापतको रकम सहितको बजेटलाई समावेश गरेको छ ।

सोमबार भएको १५ औं अधिवेशनको नगरसभाबाट सर्वसम्मतिले सो बजेट पारित गरिएको हो । नगरसभामा नगरप्रमुख दिपक कुमार रिसालले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपप्रमुख सान्नानी लामाले प्रस्तुत गर्नुभएको प्रस्तावित बजेट सर्बसम्मतिले पारित भएको हो ।
नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आधुनिक र व्यवस्थित सहरी सभ्यताको विकासका लागि गोकर्णेश्वर नगरपालिकाले नयाँ शहरी विकास आयोजनाको काम सुरु गर्ने भएको छ ।

नगर अधिवेशनको माननीय उप प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका थिए। साथै नगर प्रमुख दिपक रिसाल , उपप्रमुख सान्नानी लामा , प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली, नगरप्रवक्ता एवम् ५ नम्बर वडा अध्यक्ष नारायण बहादुर सुवेदी तथा काठमाण्डौं क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य एवम् अर्थ समितिका सभापति माननीय सन्तोष चालिसेले मन्तब्य राख्नुभएको थियो ।
नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रमको अवसरमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले संवोधन गरेका थिए । नेपाली कांग्रेसका नगर सभापति ,नेकपा एमालेका नगर अध्यक्ष , माओवादी केन्दका नगर अध्यक्ष , ष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष , राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष लगाएतले नीति तथा कार्यक्रम प्रति धारण राखेका थिए ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
जेष्ठ २२, २०८३एनआरएनए (NRNA) ओहायो च्याप्टरका सचिब भट्टराई पक्राउ
-
जेष्ठ १७, २०८३नेकपा संयोजक प्रचण्डलाई भएको माइल्ड निमोनिया के हो ? स्वास्थ्य ‘सुधारोन्मुख’
-
जेष्ठ १२, २०८३प्रधानमन्त्री शाहले इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्दै
-
बैशाख २९, २०८३प्याब्सकको छैटौँ अधिवेशन सम्पन्न : २२ वर्षे इतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित
लोकप्रिय
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्

















Comments
[gs-fb-comments]