माधवकुमार नेपालको बयान सकियो,थुनछेक बहस जारी
- असार १०, २०८२ मा प्रकाशित

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान सकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलती योग पीठको जग्गा प्रकरणमा अध्यक्ष नेपालाई पनि प्रतिवादी बनाएको छ ।
उक्त भ्रष्टाचार मुद्दामा उनी आज अदालतमा उपस्थित भएका थिए । अहिले उनको बयान सकिएको छ । अहिले थुनछेक बहस जारी रहेको छ ।
न्यायाधीशत्रय तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा अध्यक्ष नेपालको बयान सकिएपछि थुनछेक बहस सुरु भएको हो । नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, गोपाकृष्ण घिमिरे, गोविन्द बन्दी, खम्मबहादुर खातीलगायत एक सयभन्दा बढी कानुन व्यवसायीहरुले वकालतनामा हालेका छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
Comments