माधवकुमार नेपालको बयान सकियो,थुनछेक बहस जारी
- असार ११, २०८२ मा प्रकाशित
काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान सकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलती योग पीठको जग्गा प्रकरणमा अध्यक्ष नेपालाई पनि प्रतिवादी बनाएको छ ।
उक्त भ्रष्टाचार मुद्दामा उनी आज अदालतमा उपस्थित भएका थिए । अहिले उनको बयान सकिएको छ । अहिले थुनछेक बहस जारी रहेको छ ।
न्यायाधीशत्रय तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा अध्यक्ष नेपालको बयान सकिएपछि थुनछेक बहस सुरु भएको हो । नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, गोपाकृष्ण घिमिरे, गोविन्द बन्दी, खम्मबहादुर खातीलगायत एक सयभन्दा बढी कानुन व्यवसायीहरुले वकालतनामा हालेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
जेष्ठ २२, २०८३एनआरएनए (NRNA) ओहायो च्याप्टरका सचिब भट्टराई पक्राउ
-
जेष्ठ १७, २०८३नेकपा संयोजक प्रचण्डलाई भएको माइल्ड निमोनिया के हो ? स्वास्थ्य ‘सुधारोन्मुख’
-
जेष्ठ १२, २०८३प्रधानमन्त्री शाहले इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्दै
-
बैशाख २९, २०८३प्याब्सकको छैटौँ अधिवेशन सम्पन्न : २२ वर्षे इतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित
लोकप्रिय
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्

















Comments
[gs-fb-comments]