•  १५ असार २०८२, सोमबार

शंखरापुर नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक : १ अर्ब ५२ करोडको बजेट

- असार ७, २०८२ मा प्रकाशित


काठमाडौं – शंखरापुर नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले ११ औं नगर अधिवेशन मार्फत नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२ ०८३ का लागि १ अर्व ५२ करोड २० लाख ९९ हजार रुपैंयाको बजेट पारित गरेको छ । नगरपालिकाले सङ्घीय तथा प्रदेश सरकारबाट हुने वित्तीय हस्तान्तरणबाट प्राप्त हुने रकम तथा सामाजिक सुरक्षा बापतको रकम सहितको बजेटलाई समावेश गरेको छ ।

शुक्रबार भएको ११ औं अधिवेशनको नगरसभाबाट सर्वसम्मतिले सो बजेट पारित गरिएको हो । नगरसभामा नगरप्रमुख रमेश नापितले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपप्रमुख समिता श्रेष्ठले प्रस्तुत गर्नुभएको प्रस्तावित बजेट सर्बसम्मतिले पारित भएको हो ।

कुल विनियोजित बजेट मध्ये चालु तर्फ रु ६७ करोड ३५ लाख ३८ हजार ३ सय ३५ रुपैया, तीस पैसा अर्थात ४८ दशमलव ३८ प्रतिशत र पूँजिगत तर्फ रु ७१ करोड ६० लाख ६० हजार ३ सय ६४ रुपैया सत्तरी पैसा अर्थात ५१ दशमलव ४४ प्रतिशत र वित्तीय व्यवस्थापन बापत रु २५ लाख अर्थात शुन्य दशमलव १८ प्रतिशत विनियोजन प्रस्ताव गरिएको छ ।

शंखरापुर नगरपालिकाको आगामी आर्थिक वर्षको कुल आय मध्ये आन्तरिक स्रोतबाट रु ३२ करोड ८७ लाख, ३६ हजार २ सय ३५ रुपैया, राजस्व बाँडफाँडबाट रु ५१ करोड २७ लाख ८० हजार ७ सय ६५ रुपैया तथा सङ्घ तर्फको अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु ४६ करोड ४ लाख, प्रदेश तर्फको अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु ९ करोड १ लाख २० हजार र सामाजिक सुरक्षा तथा संरक्षण बापत १३ करोड अनुमान गरिएको छ ।

शंखरापुर नगरपालिकामा रहेका ८ वटा वडाहरुलाई प्रति वडा ५० लाख र वडा नम्बर १ लाई रु ६० लाखका दरले रु ४ करोड ६० लाख वडागत योजनाको लागि रकम विनियोजन गरिएको छ । यस्तै वडा कार्यालयको सिफारिसमा प्रत्येक वडाको १ करोड ७५ लाखका दरले प्रति योजना कम्तीमा रु १६ लाख भन्दा माथि हुने गरी रु १५ करोड ७५ लाख विनियोजन भएको छ । साथै, नगरवासीको आवश्यकताका आधारमा छनौट भएका नगरस्तरीय पूर्वाधार तर्फका थप योजनाहरुलाई रु ५ करोड ३५ लाख व्यवस्थापन गरिएको छ । अन्य साना तथा मझौला योजनालाई वडा कार्यालयहरुको सिफारिसमा मर्मत सम्भार कोष, भैपरी आउने कोष मार्फत र प्राकृतिक विपदबाट हुने क्षति न्यूनीकरण र पुनरुत्थानको लागि विपद् व्यवस्थापन कोष मार्फत कार्यान्वयन गर्ने गरी बजेट विनियोजन गरिएको छ ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आधुनिक र व्यवस्थित सहरी सभ्यताको विकासका लागि शंखरापुर नगरपालिकाले नयाँ शहरी विकास आयोजनाको काम सुरु गर्ने भएको छ । नगर सभाले आगामी आर्थिक वर्षका लागि आर्थिक विकास तर्फ कुल विनियोजित बजेट मध्ये ७ करोड २२ हजार ५ सय ८० विनियोजन गरेको छ ।

सामाजिक विकास तर्फ कुल विनियोजित बजेट मध्ये रु ४३ करोड १८ लाख २९ हजार १ सय ९ विनियोजन गरिएको छ । पूर्वाधार विकास तर्फ ५४ करोड ७९ लाख ३० हजार १ सय ६६ विनियोजन भएको छ । वातावरण तथा विपद व्यवस्थापन तर्फ कुल विनियोजित बजेट मध्ये १ करोड ९४ लाख ८९ हजार ३ सय ८६ विनियोजन भएको छ ।

सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ ३ करोड ४१ लाख ६ हजार ४ सय २५ विनियोजन गरिएको छ । सामाजिक सुरक्षा तर्फ १३ करोड, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च तर्फ २६ करोड, अन्य समपुरक (म्याचिङ फण्ड) ८ करोड ३० लाख, विपद् व्यवस्थापन कोषमा ७० लाख, विनियोजन गरिएको छ ।

नगर अधिवेशनको बागमति प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री राजु विष्टले उद्घाटन गरेका थिए। साथै नगर प्रमुख रमेश नापित , उपप्रमुख समिता श्रेष्ठ , प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी, नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठ तथा बागमति प्रदेश सभा सदस्य राजु विष्टले मन्तब्य राख्नुभएको थियो ।

सो अवसरमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले संवोधन गरेका थिए । नेपाली कांग्रेसका नगर सभापति दिलिप कुमार श्रेष्ठ, नेकपा एमालेका नगर अध्यक्ष हितमान तामाङ, माओवादी केन्दका नगर अध्यक्ष कान्छाराम थिङ, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष सुरेश मानन्धर, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य सतिस सिलवाल, नेकपा एसका सचिव सुवास आचार्य लगाएतले धारण राखेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खबर