गोकर्णेश्वरको तारेभिर सडक खण्डमा ढलान कार्य सुरु , उप-मेयर लामाद्वारा अनुगमन
- जेष्ठ १५, २०८२ मा प्रकाशित
काठमाडौं – गोकर्णेश्वर नगरपालिका–३ मा पर्ने बाटुले सिम ९तारेभिर० खण्डको सडक ढलान कार्य सुरु गरिएको छ । यस सडक खण्ड सुधारका लागि निरन्तर पहल हुँदै आएकोमा बाटुले सिमबाट ढलान शुरु भएको हो । सडक ढलान कार्यका लागि ३ करोड ५३ लाख रुपैयाँको बजेट परेको थियो । यो आयोजना माननीय शान्ती श्रेष्ठको विशेष पहलमा अगाडि बढाइएको हो ।
गोकर्णेश्वर नगरपालिकाका उप प्रमुख सान्नानी लामाले बुधवार सडक ढलान कार्यको अनुगमन गर्नुभएको छ । उप प्रमुख लामाले जनप्रतिनिधिको साथमा अनुगमन गर्नु भएको हो ।
अनुगमनका क्रममा उप प्रमुख सान्नानी लामाले यस सडक ढलान कार्यले स्थानीय बासिन्दाको दैनिकीमा प्रत्यक्ष लाभ पुग्ने बताउनु भयो । प्राकृतिक सुन्दरता, पदयात्रा र स्थानीय संस्कृतिका लागि प्रसिद्ध मानिएको तारेभिरका पर्यटकीय क्षेत्र बाटोकै कारणले ओझेलमा परेका छन् । यस सडकको विकास पछि तारेभीर क्षेत्रका साथै स्थानीय स्तरको पूर्वाधार विकास र नागरिक सुविधामा टेवा पुग्नेछ ।
तारेभिर क्षेत्रका बासिन्दाहरूका लागि यो आयोजनाले राहत दिने अपेक्षा गरिएको छ । यस्तो विकास आयोजनामा स्थानीय नेतृत्वको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ ।
ट्रेन्डिङ
-
कार्तिक ३, २०८३काठमाडौं पानी उद्योग संघद्वारा वाणिज्य विभागका महानिर्देशक शाक्यलाई बधाई तथा शुभकामना
-
आश्विन ३०, २०८३कांग्रेसको केन्द्रीय सदस्यमा सन्तोष चालिसे निर्वाचित
-
आश्विन २७, २०८३गोकर्णेश्वर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ओलीको स्वागत, ३० महिना सफल कार्यकाल बिताएका गौलीको बिदाइ
-
आश्विन २५, २०८३विकासको गतिमा गोकर्णेश्वर नगरपालिका
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्

Comments