सभामुख घिमिरेले सुनाए बस्नेतको पद निलम्बन गरिएको सूचना
- जेष्ठ ३, २०८२ मा प्रकाशित
काठमाडौं- सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य मोहन बस्नेतको पद निलम्बन गरिएको सूचना संसद्लाई जानकारी गराएका छन् । बस्नेतविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको थियो । टेरामक्स प्रविधि खरिद प्रकरणमा नेता बस्नेत मुछिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा बस्नेतसहित १६ जना र २ संस्थाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त सूचना संसद् सचिवालयमा पुगेसँगै सभामुख घिमिरेले मोहन बस्नेतको हकमा अख्यितार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा १७ र भ्रष्टाचार निवारण ऐनको दफा ३३ को स्वतः निलम्बन हुने व्यवस्थाअनुसार उनलाई निलम्बन गरिएको जानकारी गराएका हुन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
जेष्ठ २२, २०८३एनआरएनए (NRNA) ओहायो च्याप्टरका सचिब भट्टराई पक्राउ
-
जेष्ठ १७, २०८३नेकपा संयोजक प्रचण्डलाई भएको माइल्ड निमोनिया के हो ? स्वास्थ्य ‘सुधारोन्मुख’
-
जेष्ठ १२, २०८३प्रधानमन्त्री शाहले इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्दै
-
बैशाख २९, २०८३प्याब्सकको छैटौँ अधिवेशन सम्पन्न : २२ वर्षे इतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित
लोकप्रिय
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्

















Comments
[gs-fb-comments]