पाकिस्तानी सेनाले भारतीय फाइटर जेट खसालेको दाबी
- बैशाख २४, २०८२ मा प्रकाशित
नयाँदिल्ली– पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीरमा ‘एयर स्ट्राइक’पछि भारतीय सेनाका चारवटा फाइटर जेट खसेका छन् । पाकिस्तानी सेनाले भने पाँचवटा भारतीय सैन जेट (फाइटर जेट) खसालिएको दाबी गरेको छ ।
भारतीय सेनालाई उद्धृत गर्दै प्रकाशित समाचार अनुसार एउटा फाइटर जेट भारत अधिनस्थ कश्मीरको पुलवामास्थित पाम्पोरमा खसेको छ ।
दोस्रो फाइटर जेट कश्मीरकै अखनूर र तेस्रो रामबनमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अर्को फाइटर जेट पञ्जाबमा खसेको छ । उक्त फाइटर जेट पञ्जाबको बठिन्डामा खसेको हो । यी फाइटर जेट पाकिस्तानले खसाएको या दुर्घटनामा परेको भने खुलेको छैन ।
भारतीय एयर फोर्सका अधिकारीहरूले भने कि भारतीय फाइटर जेट खसेको पुष्टि गरिसकेका छैनन् । बरु पाकिस्तानी जेएफ–१७ फाइटर जेट खसेको हुन सक्ने उनीहरूको तर्क छ ।
तर पाकिस्तान र पीओकेका चरमपन्थी शिविरमा आतङ्ककारी शिविरहरूमा भारतको एयर स्ट्राइकपछि जम्मु–कश्मीरमा तीन र पञ्जाबमा एउटा फाइटर जेट खसेको समाचार छापेका छन् ।
ट्रेन्डिङ
-
कार्तिक ३, २०८३काठमाडौं पानी उद्योग संघद्वारा वाणिज्य विभागका महानिर्देशक शाक्यलाई बधाई तथा शुभकामना
-
आश्विन ३०, २०८३कांग्रेसको केन्द्रीय सदस्यमा सन्तोष चालिसे निर्वाचित
-
आश्विन २७, २०८३गोकर्णेश्वर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ओलीको स्वागत, ३० महिना सफल कार्यकाल बिताएका गौलीको बिदाइ
-
आश्विन २५, २०८३विकासको गतिमा गोकर्णेश्वर नगरपालिका
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्

Comments