स्नातकोत्तर तहको शुल्क चिकित्सा शिक्षा आयोगद्धारा तोकियो

काठमाडौं : चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तहको शुल्क तोकिएको छ । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको शुल्क तोकेको हो। आयोगले एक सूचना जारी गरी शूल्क निर्धारण गरेको जानकारी दिएको हो।

आयोगले एमडी/एमएस क्लिनिकलको अध्ययन गर्न २२ लाख ९९ हजार रुपैयाँ तोकेको छ।  एमडी/एमएस बेसिक साइन्स ननक्लिनिकलको लागि १० लाख ४८ हजार १ सय ३५ रुपैयाँ तोकिएको छ। त्यस्तै, एमडी आयुर्वेद पढ्न ९ लाख २४ हजार ३ सय ६५ शूल्क लगायतको अध्ययन शुल्क आयोगले तोकेको छ। 

सम्बन्धित समाचारहरू

Comments