साफ यु-२० च्याम्पियनसिपः नेपाल आज श्रीलंकासँग भिड्दै

  • झरना खबर
  • २०७९ श्रावण ११ गते ०९:२४ बजे प्रकाशित

काठमाडौं साफ यु-२० च्याम्पियनसिप पुरुष फूटबल अन्तर्गत आज हुने खेलमा नेपाल श्रीलंकासँग भिड्दैछ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुकी ७स्१५ बजे शूरु हुनेछ ।

आज हुने खेलमा श्रीलंकालाई हराउँदै नेपाल प्रतियोगितामा लगातार दिस्रो जीत निकाल्न चाहन्छ । नेपालले सोमबार भएको च्याम्पियनसिपको उद्घाटन खेलमा माल्दिभ्समाथि ४-० गोलको शानदार जीत निकालेको थियो । त्यसैले नेपाल आजको खेलमापनि सोहि लयलाई निरन्तरता दिन चाहन्छ ।

यता पहिलो खेलमा बंगलादेशसँग १-० गोलले पराजित भएको श्रीलंका आज नेपाललाई हराउँदै पहिलो जीत निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ ।

सम्बन्धित समाचारहरू

Comments