गोकर्णेश्वर नगरपालिकाको बजेट २ अर्ब १० करोड

  • झरना खबर
  • २०७९ आषाढ १२ गते १६:४६ बजे प्रकाशित

काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले आर्थिक बर्ष २०७९ /८० को लागी कुल २ अर्ब १० करोडको अनुमानित बजेट प्रस्तुत गरेको छ । पिस ब्यांकेटमा आयोजित प्रथम नगर सभा कार्यक्रम नगर प्रमुख दिपक रिसालको अध्यक्षता तथा नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् प्रतिनिधि सभा सदस्य माननीय कृष्ण बहादुर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशेष अतिथिहरु नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक माननीय छिरिंग दोर्जे लामा,नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का क्षेत्रीय सभापति एवम् गोकर्णेश्वर नगरपालिकाका निवर्तमान नगर प्रमुख सन्तोष चालिसे, निवर्तमान नगर उप प्रमुख शान्ती नेपाल , नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ प्रदेश का सभापति श्रीराम चालिसे, नेकपा एमाले गोकर्णेश्वर अध्यक्ष उद्धव बिष्ट, नेपाली कांग्रेस गोकर्णेश्वर नगर सभापति कुमार लामा बिभिन्न राजनीतिका दलका जनप्रतिनिधिहरु, कार्यपालिका सदस्यहरु ,नगर सभासदस्य बुद्धिजीवी समाजसेवी नगर कर्मचारीहरु लगायत स्थानीय दाजुभाई तथा दिदिबहिनीहरुको उपस्थितिमा आर्थिक बर्ष २०७९ /८० को बजेट प्रस्तुत गरिएको थियो । कार्यक्रमको संचालन गोकर्णेश्वर नगरपालिका प्रशासन प्रमुख टंकनाथ घिमिरेले गरेका थिए ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले स्वागत मन्तब्य राख्दै कार्यक्रमको उदेश्य माथी स्पष्ट पारेका थिए ।कार्यक्रमको उद्घाटन सत्रमा नगरपालिका उप प्रमुख सानान्नी लामाले शुभकामना मन्तब्य राखेकी थिइन्। लामाले बोल्दै भ्रस्टाचार मुक्त, सुशासन युक्त आधारभुत पूर्वाधारहरुमा समृद्द नगर बनाउन केन्द्रित हुने प्रतिबद्धता ब्यक्त गरेकी थिइन् । उनले पन्च बर्ष योजना सहित कार्यक्रमहरु अगाडी बढाइने बताएकी थिइन् ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का क्षेत्रीय सभापति एवम् गोकर्णेश्वर नगरपालिकाका निवर्तमान नगर प्रमुख सन्तोष चालिसेले धेरै बिकासका धेरै कामको जग आफुले बसालेको र त्यो बसालेको जगमा इँटा थप्ने काममा लाग्न नवनिर्वाचित जनप्रतिनिधिहरुलाई अनुरोध गरेका थिए । कार्यक्रमलाइ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक माननीय छिरिंग दोर्जे लामाले नगर सभा सफलताको शुभकामना दिदै जनप्रतिनिधिले नीति योजना बनाउने र त्यो नीति योजनालाई कार्यान्वयन गराउने काम प्रशासनको भएको बताए। उनले बागमती प्रदेशले बनाएको ऐन नियम अनुसार नगर सभा संचालन गर्न ध्यानाकर्षण समेत गराएका थिए ।

कार्यक्रमलाइ प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेकपा एमाले पोलिटब्युरो सदस्य एबम प्रतिनिधि सभा सदस्य माननीय कृष्ण बहादुर राइले नगर सभा सफलताको कामना गरेका थिए। बितेका समय भन्दा आगामी दिनमा गर्नुपर्ने काममा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।नगरपालिकाले बनाएका ऐन कानुनलाई कार्यन्वयन गर्नमा जनप्रतिनिधिहरुलाई अनुरोध गरेका थिए भने बनाएका कानुन समय सापेक्ष संसोधित हुने भएको हुँदा जनजीवन सापेक्ष सल्लाह र बैठकबाट गरि अगाडि बढ्न समेत अनुरोध गरेका थिए । जन जीवन संग जोडीएका बिषयलाइ प्राथमिकतामा राखेर अघि बढ्न अनुरोध गरेका थिए । जनप्रतिनिधिहरुलाई राम्रो संग काम गर्न गराउन राजनीतिक दलका आफ्ना कमिटि मार्फत, आम नागरिक बुद्धिजीवी बिभिन्न पेशा व्यवसायी संघ संस्थाहरु र कर्मचारीहरुले पनि रचनात्मक सुझाब दिएर जनप्रतिनिधिलाइ जनताको काम गर्न सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । एकले अर्को लाइ दोष दिएर बिकासको काम बाट नपन्छिन समेत सबैलाई अनुरोध गरेका थिए ।

कार्यक्रमका अध्यक्ष नगरपालिकाका नगर प्रमुख दिपक रिसालले उपस्थित सबैलाई धन्यबाद दिदै नगरपालिकाले अन्तर्गत बजेट बिनियोजन भएका कार्यक्रममा खादा माला  नलगाउने निर्णय भएको जानकारी गराए । उनले निवर्तमान नगर प्रमुख सन्तोष चालिसेको टिमले उत्कृष्ट काम गरेको भन्दै प्रशंसा गरेका थिए।घरको फोहोर घर बाट नै व्यवस्थापन गर्ने गरि कार्यक्रम ल्याउने र  ६ महिना भित्र फोहोर मैला व्यवस्थापनको कामले गति लिने समेत बताएका थिए ।  

दोस्रो सत्रमा कार्यक्रमका अध्यक्ष गोकर्णेश्वर नगरपालिका नगर प्रमुख दिपक रिसालले नीति कार्यक्रम तथा बजेटमा सामजिक क्षेत्र, (शिक्षा, स्वास्थ्य खानेपानी भौतिक पूर्वाधार,फोहोर मैला व्यवस्थापन, स्वस्थ्य बिमा, रोजगार) लगायतको योजना सहित पन्च बर्षे योजना सहित कार्यक्रमलाइ प्राथमिकता दिइएको जानकारी गराएका थिए ।उनले नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। नगर सभामा प्रस्तुत भएको नीति, कार्यक्रम तथा बजेट अध्ययनका लागि पालिका सदस्यहरुलाई वितरण गरिएको थियो सुझाव, सल्लाह संशोधन सहित पुन बस्नेगरी नगर सभा स्थगित भएको थियो भने कार्यक्रमको सहजीकरण गोकर्णेश्वर नगरपालिका प्रशासन प्रमुख टंकनाथ घिमिरेले गरेका थिए ।

सम्बन्धित समाचारहरू

Comments