च्याउको तरकारी खाँदा बाबु छोराको मृत्यु

  • झरना खबर
  • २०७८ श्रावण १० गते १२:४५ बजे प्रकाशित

काठमाडौँ : इलामको फाकफोकथुम गाउँपालिका-१ लुम्सुङवाङ स्थित  जंगली च्याउको तरकारी खाँदा बाबु(छोराको  ज्यान गएको छ ।

५१ वर्षीय लेखबहादुर लिम्बु र उनका छोरा १२ वर्षीय दिवस लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

प्रहरीका अनुसार गएको साउन ३ गते घर नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा उनीहरु बिरामी परेका थिए । वडाध्यक्ष टेकबिर लिम्बुले  उनिहरुलाई बिरामी परेपछि दुईरतीन दिन घरमै झारफुक गरेर राखेको र पछि उपचार गर्न बिराटनगरको नोबेल अस्पताल लगिएको तर अस्पतालले उपचार हुन सक्दैन भने पछि घर फर्काउने क्रममा उनीहरुको बाटोमै ज्यान गएको बताएका छन् ।


वडाध्यक्ष लिम्बुका अनुसार जंगली विषालु च्याउको तरकारी खाएकै कारण र समयमै अस्पताल नलगेको कारण उनीहरुको ज्यान गएको हो । 

सम्बन्धित समाचारहरू

Comments