द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न सन्दीप बेलायत प्रस्थान
- झरना खबर
- २०७८ आषाढ २५ गते ०७:३७ बजे प्रकाशित
काठमाण्डौ : द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न नेपाली बलर सन्दीप लामिछाने बेलायत गएका छन् । गएराति बेलायत प्रस्थान गरेका सन्दीप त्यहाँ १० दिन क्वरेण्टीनमा बस्नेछन्।
उनको दुई पटक कोरोनाको पीसीआर परीक्षण हुनेछ । जसमा नेगेटिभ रिपोर्ट आएपछि सन्दीप टिममा सामेल हुनेछन् । द हन्ड्रेड प्रतियोगितामा सन्दीप ओभल इन्भिन्सिबलबाट खेल्नेछन् ।
यो प्रतियोगिता आउँदो २२ तारिखदेखि हुनेछ । यसअघि बेलायतको भिसा ढिला आएको कारण सन्दीपले भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट भने गुमाएका थिए ।
अन्तिम अपडेट : २०७८ आषाढ २५ गते ०७:३७ बजे
Comments