२४ घण्टामा २०६३४ जनामा कोरोना सङ्क्रमण, १०५६५ जना निको

  • झरना खबर
  • २०७८ आषाढ २२ गते १८:३३ बजे प्रकाशित

काठमाण्डौ : पछिल्लो २४ घण्टामा देशभर दुई हजार ६ सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सात हजार पाँच सय तीन जनाको पीसीआर परीक्षण गर्दा एक हजार सात सय १८ जना र पाँच हजार ८२ जनाको एन्टिजेन परीक्षण गर्दा नौ सय १६ जना गरी दुई हजार ६ सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

योसहित नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ४८ हजार ८५ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३९ हजार नौ सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ६५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख १२ हजार नौ सय ९४ जना पुगेको छ । अहिले नेपालमा २५ हजार आठ सय २८ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

यस्तै कोरोना सङ्क्रमणका कारण थप १५ जनाको ज्यान गएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या नौ हजार दुई सय ६३ पुगेको छ ।  

सम्बन्धित समाचारहरू

Comments