राष्ट्र बैंकको नाममा अनधिकृत फेसबुक पेज, भ्रामक सूचना फैलाउनेलाई कारबाही गर्ने बैंकको चेतावनी

  • झरना खबर
  • २०७८ आषाढ १७ गते १५:५५ बजे प्रकाशित

काठमाण्डौ : नेपाल राष्ट्र बैंकको नाममा फेसबुक पेज बनाएर भ्रामक सूचना फैलाउनेलाई कारबाही गर्ने बैंकले चेतावनी दिएको छ ।

राष्ट्र बैंकले सूचना निकालेर अहिलेसम्म राष्ट्र बैंकको कुनै पनि आधिकारीक फेसबुक पेज नरहेको र बैंकबाट कुनै पनि प्रकारको सूचना जानकारी तथा आह्वान फेसबुक पेजमार्फत नगरिएको जनाएको छ ।

अनधिकृत रूपमा राष्ट्र बैंकको फेसबुक पेज सिर्जना गरी भ्रामक जानकारी तथा सूचना पोस्ट भइरहेकोमा गम्भीर ध्यानाकर्षण भएको बैंकले जनाएको छ । राष्ट्र बैंकको फेसबुक पेज सिर्जना गरी भ्रामक जानकारी पोस्ट गर्ने र गराउनेलाई साइबर अपराधसम्बन्धी कानुनअनुसार कारबाही हुने चेतावनी दिँदै भ्रामक फेसबुक पोस्टमा विश्वास नगर्न बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ । 

सम्बन्धित समाचारहरू

Comments