मदन भण्डारी रक्तसंचार कोषद्धारा बौद्धमा रक्तदान,२० पीन्ट भन्दाबढी रगत संकलन

  • झरना खबर
  • २०७८ आषाढ १२ गते १६:०० बजे प्रकाशित

काठमाडौं ।  मदन भण्डारी रक्तसंचार कोषले बौद्धमा रक्तदान कार्यक्रम गरेको छ । आज (शनिबार) बिहान कामनपा -६ बौद्धस्थित कुशल बैकुटमा रक्तदान कार्यक्रम गरेको हो । 

कोरोनाको दोस्रो भेरियन्टका कारण अस्पतालमा कोभिडका बिरामी बढ्दै जाँदा रगत अभाव हुन थालेपछि मदन भण्डारी फाउण्डेसन अन्तर्गतको रक्तसंचार कोषले रक्तदान कार्यक्रम संचालन गरेको मदन भण्डारी फाउण्डेसन काठमाडौं महानगर समिती सदस्य एव्म बौद्धनाथ क्षेत्र विकास समिती कार्यकारी निर्देशक  बसन्त लामाले जानकारी दिए । कार्यकारी निर्देशक लामाले रक्तदान जीवन दान भएको भन्दै यस्ता  कार्यक्रम फाउण्डेसनको प्राथमिकतामा परेको बताए । 'कोरोनाको महामारीका कारण अस्पतालहरुमा बिरामीको चाप बढी छ ,ब्लडको आवश्यकता पनि बढ्दो छ' उनले भने 'निषेधाज्ञाका कारण ब्लड संकलन पनि धेरै मात्रामा हुन सकिरहेका छैनन् । कसैले ब्लड नपाएर छटपटाउनु नपरोस् भन्ने मनाशयले फाउण्डेसनले रक्तदान कार्यक्रमलाई तिव्रता दिएको हो । '

उनका अनुसार आजको रक्तदानमा २० भन्दा बढी पीन्ट रगत संकलन भएको छ । विगतमा पनि रक्तदान कार्यक्रमलाई प्राथमिकता दिदैं आएको संचारकेन्द्रले कोरोनाको दोस्रो भेरियन्ट आए लगत्तै अझ कार्यक्रमलाई विस्तार गर्दै काठमाडौंका विभिन्न स्थानमा प्रत्येक शनिवार रक्तदानका कार्यक्रमलाई निरन्तरता दिदैं आएको छ ।   

कोराना माहामारीको बीचमा पनि भौतिक दुरीकायम गरी स्वस्थ्य मापदण्ड अपनाई व्यवस्थित  तवरबाट रक्तदानको कार्यक्रम गरिएको थियो । 
 
मदन भण्डारी रक्तसंचार कोषले रक्तदानमा सहभागीहरुलाई खाजा समेत व्यवस्था गरको थियो ।

सम्बन्धित समाचारहरू

Comments