पछिल्लो २४ घण्टामा २ हजार ४७६ जनामा संक्रमण पुष्टि,२७ जनाको मृत्यु

  • झरना खबर
  • २०७८ आषाढ ११ गते १८:२१ बजे प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

१४ हजार ३५१ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। ९ हजार ५८६ पीसीआर परीक्षण गर्दा १ हजार ७२१ र ४ हजार ७६५ जनाको एन्टिजेन परीक्षण गर्दा ७५५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो अवधिमा ५ हजार ४५५ जना संक्रमणमुक्त भएका छन्।

आज २७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ९४५ पुगेको छ।

सम्बन्धित समाचारहरू

Comments