नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने

  • झरना खबर
  • २०७८ बैशाख २६ गते १४:२३ बजे प्रकाशित

काठमाडौ : नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । आपतकालीन स्वास्थ्य प्रयोजनका लागि बिहान सात बजे देखि साँझ सात बजे सम्म एम्बुलेन्स सेवा उपलब्ध हुने चेम्बरले जनाएको छ ।

कोभिड–१९ का कारण गम्भीर बिरामीहरु अस्पतालसम्म पुग्न कठिनाई भइरहेका बेला नेपाल चेम्बरले छत्रपाटी चिकित्सालयसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराएको हो । हाललाई काठमाण्डौं उपत्यका भित्रका अस्पताल जानु पर्ने बिरामीहरुले एम्बुलेन्स सेवा लिन सक्ने छन् ।

एम्बुलेन्स सेवा प्रयोगका लागि  नेपाल चेम्बर अफ कमर्सको फोन नं. ०१५३३०९४७ वा छत्रपाटी चिकित्सालयको मोवाईल नं. ९८५१२१६०३९ मा सम्पर्क राख्न सकिने छ । 

सम्बन्धित समाचारहरू

Comments